कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा आयोजित तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। साँझ ६ बजे पहिलो सेमिफाइनलमा भीमदत्त-१० होली फेमिली र वेदकोट-२ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा भीमदत्त-६ र दोधारा-चाँदनी-९ भिड्नेछन्। सेमिफाइनलका विजेता टिमले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
वडा नम्बर ११ को आयोजनामा भएको यो प्रतियोगितामा २४ टिम सहभागी थिए। स्थानीय खेलाडी र क्रिकेट प्रेमीहरूमा प्रतियोगिताले ठूलो उत्साह सिर्जना गरेको छ। विजेता टिमले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ। सेमिफाइनलमा पुग्ने टिमलाई ७ हजार र उत्कृष्ट खेलाडीहरूलाई विभिन्न पुरस्कार प्रदान गरिनेछ।
वडाध्यक्ष प्रकाश थापाले प्रतियोगिताको उद्देश्यबारे भने, “क्रिकेटको विकास, नयाँ खेलाडी उत्पादन, गड्डाचौकीको पर्यटन प्रवर्द्धन र कञ्चनपुरको खेल क्षेत्रको समृद्धिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।” उनले थपे, “चुनाव जितेयता हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छु र तेस्रो संस्करणले थप उत्साह थप्ने विश्वास छ।”
यो प्रतियोगिताले स्थानीय खेल क्षेत्रमा नयाँ जोश र उत्साह भर्ने अपेक्षा गरिएको छ।









Discussion about this post