Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनी बहिनीले नयाँ जुत्ता किनिदिन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुजित सिनाल/ कञ्चनपुर : हामी ६ भाई बहिनी हो । ४ दाजु भाई २ दिदिबहिनी म माईलो हो, म भन्दा माथी दाजु श्याम सिनाल त्यो पछी २ दिदि दिपा र लक्ष्मी २ भाई सुरेन्द्र र अमित । दाजु भाई दिदिबहिनीको सम्बन्ध, मायाको बारेमा मैले धेरै लेख्नु भनेको मेरो शब्द पनि अधुरो हुन्छ । हामी सबैको जन्म डडेल्धुराको खलंगामा भएको थियो ।

सानो छँदा सबै भन्दा बढी झगडा हुने भनेको दिदिहरुसँग हो मेरो, सानो सानो कुरामा झगडा गर्ने कराउने हान्ने सबै कुरा दिदिहरुसँग हुन्थ्यो, तर भाईहरुसंग त्यस्तो झगडा भएन मेरो, भएको होला तर मलाई त्यती याद भएन, उमेरको पनि धेरै फरक छैन दिदिहरुसँग मेरो, म भन्दा माथीको दिदि एक वर्ष जेठो अर्काे दिदि २ वर्ष जेठो, म भन्दा माथीको दिदि लक्ष्मीलाई मैले आफनो याद सम्हालेदेखी कहिले दिदि भनेन बहिनी नै भने, किन भने मलाई बहिनी भन्न खुब मन पर्ने, तर बहिनी नभएपछि उनै दिदिलाई मैले बहिनी भने, त्यसमा पनि आफुलार्ई दाजु भन्न लगाउनको लागि मिठामिठा खानेकुरा दिने, सामानहरु किनिदिने पनि गरे, अनी तपाई हजुर को साटो तँ भन्न थाले, उसलाई मैले दाजु भनेर सम्बोधन गर्ने बनाए, उसले पनि तँ नै भन्ने गर्छे ।

उसले मलाई दाजु भनेको दिन सारै खुसी लाग्ने अब के हन थाल्यो भने खानेकुरा दियो भने मात्रै दाजु भन्ने नत्र भाई भनेर बोलाउन थाली म दाजु शब्द सुन्नका लागि पनि उसलाई खानेकुरा दिने, उसको काममा सहयोग गर्ने उसको गृहकार्य गर्ने गर्दथे, विधालयमा पनि हामी बिच एक कक्षाको फरक थियो बहिनी २ मा पढदा म १ मा पढथे पछि ८ कक्षामा दिदि र बहिनी दुबै फेल भएपछि हामी सँगै पढने भयौ, त्यो बेलामा सबै हामी साथी जस्तै थियौ, हरेक कुरा सेयर गर्ने, खानेकुरासँगै खाने, सँगै विद्यालय जाने, राम्रो थियो पल पछि हामी सँगै एसएलसी दियौ सबै पास भयौ र म साधारण विधालयमा पढन थाले बहिनी र दिदिलाई बुवाले ए .एन .म पढाउन काठमाण्डौ पठाउनु भयो, उनिहरु आफनो पढाई गर्न थाले म पनि यता डडेल्धुरामा बसेर आफनो पढाई गर्न थाले समय बित्दै गयो हामी सबैले आफनो अध्ययन सिध्याए, बहिनी डडेल्धुरामा काम गर्न थाली, म कञ्चनपुरमा आएर काम गर्न थाले बहिनीको बिहे पनि भईसक्यो उ धेरै बुझने भएकी छ ।

मेरा बाानी सानैदेखी कस्तो थियो भने आफनो लुगा जुत्ता चप्पल केही फाट्यो भने त्यसलाई सिलाएर बनाएर फेरी प्रयोग गर्ने बानी थियो । म पेशाले पत्रकार सामुदायिक रेडियोमा काम गर्ने मासिक आम्दानी पनि खासै राम्रो नभएको अवस्था थियो । एक जोर पुरानो जुत्ता भिनाजुलाई ठुलो भएपछि मलाई लगाउने हो साला जी भनेर दिनु भयो, मैले पनि हुन्छ भने किन भने त्यो जुत्ता मलाई ठिक्क भयो, मैले जुत्ता लगाएको एक वर्षभई सकेको थियो ।

अब अहिले उक्त जुत्ता माथीबाट राम्रै थियो तर तलबाट तइसमा प्वाल परिसकेको थियो, प्वाल सानो थियो खासै असर परेन पछि जुत्ता लगाउँदै जाँदा प्वाल पनि ठुलो भयो, खुट्टामा ढुङगाहरु बिजाउने, पानीमा लगायो भने भित्रै पानी ,पस्ने खुट्टामा घाउ हुने सम्म हुन थालेपछि मैले अर्काे जुत्ता किन्नेकी ? भनेर मनस्थिती बनाए तर मनमा यसैलाई पनि बनाएर लगाउन सकिन्छ भन्ने पनि धारणा आएपछि मैले पुरनो चप्पललाई काटेर जुत्ताको तल टाँसेर लगाउने बनाए, काम विषेसले मैले डडेल्धुरामा जानु पर्ने काम भयो, त्यही जुत्ता लगाएर म डडेल्धुरा गए, अब त्यही लक्ष्मी बहिनी पनि बस्ने भएकाले उसलाई भेटन पनि गए, भेटघाट भयो मैले काम सकेर महेन्द्रनगर फर्किए, तर उक्त दिन बहिनीले मैले चप्पल काटेर जुत्ताको तल हालेर लगाएको बहिनीको आँखाले देखेको रहेछ, उनले मलाई केही पनि भनिन, तर त्यसको २ महिना पछि उनि पनि काम विषेसले महेन्द्रनगर आईन, म खुशी भए बहिनी आई भनेर, राति संगै बसेर खाना खाई रहेका थियौ तर उनको आँखाबाट आँसु आएको देखे मैले सोधे किन हो रोएको बहिनी, उनले रुदै भनीन दाजु त्यो डडेल्धुरामा लगाएर गएको जुत्ता फाल्नु भयो की ? राख्नु भएको छ ?

मैले भने राखेको छु , त्यही लगाउँछु अहिले पनि, तर किन सोधेको तिमीले, उनले भनीन दाजु मलाई हजुरले लगाएको जुत्ता देखेर मन सारै दुखेको थियो, मेरो मनमा त्यती बेलै दाजुलाई जुत्ता किन्न पाए हुने भनेर सोच आएको थियो, तर मसंग पनि पैसा थिएन, दाजु त्यो जुत्ता फुर्नु है भनीन, उनले भनेको कुराले मनमा छोयो मेरी बहिनीले मेरो यती चिन्ता गरेको भनेर म पनि रोय, खाना खायौ सुत्यो भोली बिहान भयो म विस्तरबाट उँठेर बाहिर आए तर बहिनीलाई कहिकतै देखेन, मैले आफनो श्रिमतीलाई सोधे बहिनी खोई, उनले भनिन बजार जानु भएको छ, एकछिन पछि बहिनी बजारबाट आईन, उनको हातमा कालो प्लाष्टिक थियो, मलाई भन्दै हासेर खुशी हुँदै भनीन दाजु लिनु तपाईका लागी नयाँ जुत्ता, मैले प्लाष्टिक समातेर खोले मेरा आँखाबाट आसुहरु खसि रहेका थिए ।

उनले भनीन अब यी खुट्टाहरुमा ढुङगा बिजाउने छैनन, खुट्टामा घाउ हुने छैनन् हिडन सजिलो हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व