Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा महिला टि–२० क्रिकेटको उपाधि देहीमाण्डौंले जित्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १७, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहीमाण्डौंले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै देहीमाण्डौंले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि हात पारेसंगै देहीमाण्डौंले नगद २५ हजार, ट्रफी र मेडल हात पार्यो । त्रिपुराले भने नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहीमाण्डौंले ७ दशमलब ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । जसमा कप्तान पिंकी बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनीले १÷१ विकेट हात पारिन् ।

त्यसअघि निङ्गलाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा १४ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो । उसका लागि माया टमटाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । देहीमाण्डौंका लागि निर्मला बोहरा, आरती बोहरा,बसन्ती बोहराले ३÷३ विकेट हात पारिन् । देहीमाण्डौंकी बसन्ती बोहरा ओम्यान अफ द फाइनल भएकी छन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी देहिमाडौंकी कप्तान पिंकी बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिईन् । उनले ३ हजार पुरस्कार पाइन् ।

यस्तै १० विकेट हात पारेकी देहिमाण्डौंकी बसन्ती बोहरा उत्कृष्ट बलर,१४९ रन बनाएकी देहिमाण्डौंकी पिंकी बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुबैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली घोषित हुदैं तीन हजार पायो । दनपा १० बाराकोटकी प्रिंयान्सी चन्द उदयीमान खेलाडी चुनिदै एकहजार पुरुस्कार पाएको प्रशिक्षक दीपेन्द्र बोहराले बताए ।

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाका सहयोगमा नगरखेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही १५० का दरले खेलाडीलाई नगद दिइएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको छ । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया,अञ्जली चन्द, द्रोपती कुँवर,रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसंगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए । नगरले बार्षिक क्यालेन्डर निकालेर त्यसमा खेलकुद प्रतियोगिताका कार्यक्रमहरु बढीभन्दा बढी राखिने उनले दाबी गरे ।

दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरेको र निकट भविष्यमै अन्य खेलकुदका प्रतियोगिता सञ्चालन गरिने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व