हप्ताको पहिलो कारोबार दिन हिजो बढेको सुनचाँदीको भाउ आज पनि बढेको छ। आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो भने सुन तोलामा ६ रुपैयाँले मात्रै बढेको थियो। यसअघि गत हप्ता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी आज तोलाको ४ हजार ७ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
गत हप्ता शुक्रबार चाँदीको भाउ पनि तोलामा ३ सय ५ रुपैयाँले घटेको थियो।










Discussion about this post