फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीमा सम्पन्न समूह ‘के’ अन्तर्गतको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क हासिल गरेको हो।
कोलम्बियालाई अग्रता दिलाउने क्रममा ड्यानियल मुन्योसले खेलको ४०औँ मिनेटमा गोल गरे। पहिलो हाफ १–० को अवस्थामा सकिएको थियो।
दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानलाई खेलमा फर्काएका थिए। तर बराबरी गोलको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए।
त्यसपछि उज्बेकिस्तानले खेल बराबरीमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले अर्को गोल थपेपछि कोलम्बियाले ३–१ को सहज जित सुनिश्चित गर्यो।
यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा तीन अङ्क जोडेको छ। यही समूहको अर्को खेलमा पोर्चुगल र कङ्गोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए।










Discussion about this post