सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भलिबलका विजेता टीमलाई पुरस्कार वितरण

बैतडीमा कालिका मावि थालीगडाले आयोजना गरेको भलिबल प्रतियोगिताका विजेता टीमलाई बिहीबार पुरस्कार, शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ । गगन चन्द डिभाइन फाउण्डेसनको सहयोगमा सञ्चालन भएको मावि स्तरीय भलिबल प्रतियोगिताका बिजेता टीमलाई पुरस्कार वितरण गरिएको फाउण्डेसनका संयोजक गोविन्दराज जोशीले बताए ।

यही माघ १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । सो प्रतियोगितामा विरेन्द्र मावि शाहीलेक प्रथम, कालिका मावि थालीगडा द्वितीय र नागार्जुन मावि बगलेखानको टीम तृतीय भएको थियो ।

प्रथम हुने टीमलाई नगद ५१ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने दोश्रो हुने टीमलाई नगद ३१ हजार सहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको छ । यस्तै तेश्रो हुने टीमलाई नगद २१ हजार सहित शिल्ड र प्रमाणपत्र वितरण गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कालिका माविको ७३ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा विजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

Dirghayu Ads

स्व.गगनबहादुर चन्दको स्मृतिमा स्थापना गरिएको गगन चन्द डिभाइन फाउण्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनका अध्यक्ष दानबहादुर चन्दले बताए ।

यसअघि पनि फाउण्डेसनको सहयोगमा विभिन्न सामाजिक कार्यहरु सम्पन्न भएका संयोजक जोशीले बताए । कोरोना कहरको समयमा गगन चन्द डिभाइन फाउन्डेसनले जिल्ला अस्पताललाई १२ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको थियो । यस्तै कोरोनाबाट प्रभावित परिवारलाई राहत समेत वितरण गरिएको थियो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.