सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली साहित्य सङ्गमद्वारा तिन दिने उद्घोषण तालिम

36
Sana Kishan

कञ्चनपुर : महाकाली साहित्य सङ्गमले तिन दिने उद्घोषण तालिम सञ्चालन गरेको छ । माघ ६ गते देखि सञ्चालन गरेको उक्त तालिम ८ गते भीमदत्तनगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गरी समापन हुनेछ । दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका भित्र रहेका १८ स्कुलका उत्कृष्ट विद्यार्थीहरु छात्र÷छात्राहरुको सहभागीता रहेको छ । उनीहरुलाई सुरेन्द्र ओझा, पुष्पमणि जोशी, देवदत्त ओझा, सरस्वती भाट र उत्तम विष्टले उद्घोषण सम्बन्धि प्रशिक्षण दिने छन् ।

Karnali Traders

८ गते आइतबार कार्यक्रमको समापनमा महाकाली साहित्य सङ्गमका उप. प्राध्यापक मोहन चौधरीले माघी पर्वको बारेमा वर्णन गर्ने छन् भने पञ्चमराज भट्टले नरहरी पर्वको बारेमा परिचर्चा गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुलाई बधाई एवम् शुभकामना दिने कार्यक्रम पनि रहेको महाकाली साहित्य सङ्गमका अध्यक्ष हरीश जोशीले बताउनु भयो । जस्मा कञ्चनपुर जिल्लाका प्रतिनिधि र प्रदेश सभा दुवैका गरी १४ सासंदले सहभागी जनाउने जोशीले बताए ।

Arus

पहिलो दिन माघ ६ गते भएको उद्दघाटन समारोहको सभापत्वि महाकाली साहित्य संङ्गमका अध्यक्ष हरीश प्रसाद जोशीले गर्नु भएको थियो । भने प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती रहनु भएको थियो । विशिष्ट अतिथीमा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. टेकराज पन्त रहनु भएको थियो कार्यक्रम सञ्चालन उत्तम विष्टले गर्नु भएको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.