छ कोहि रिसाई खोकी रहेको।
कोहि छ, कुण्ठा बोकी रहेको।
सुकिलो मुकिलो भएको छ हेर
छ उन्माद आफ्नो रोकी रहेको।
चुहिन्छ र्याल झुम्मिन्छ आँखा
लाग्यो समाधीस्त हो कि रहेको।
के के गरे? कुन्नि कसै कसैले
आफ्नै छ छाती ठोकी रहेको।
हे मूर्ख ठान्छौ हेर्छन् भविष्य
छ मन्तव्य सारा घोकी रहेको।