सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चा बटुल्दै जनक ताम्राकारको ‘सम्झनाकी खोली’

कञ्चनपुर : चचिर्त गायक जनक ताम्राकारको स्वरमा रहेको गीत 'सम्झनाकी खोली' ले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। १० महिना अगाडि आईएनजी स्टुडियोज बाट सार्वजनिक भएको उक्त गीतलाई युट्युवमा अहिलेसम्म ९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतमा गायक जनकका बुवा तुला ताम्राकारको शब्द सिर्जना रहेको छ भने संगीत उनका आफ्नै दाजु महेश ताम्राकार र जनक स्वयंको संयुक्त सृजनामा रहेको छ।

गीतमा अनेकौं कठिनाइहरू छिचोलेर प्राप्त हुने सानो तर अतुलनिय खुसीको चित्रण गर्न खोजिएको गायक ताम्राकार बताउँछन्। दुःख, संघर्स पार गरेर जीवनमा मिल्ने खुसीको गीतमा चित्रण गर्ने प्रयास गरेको उहाँको भनाई रहेको छ। उहाँले भन्नुभयो "जब दुःखहरू कटिन्छन, संघर्षलको फल मिल्छ त्यो फल मिल्दाको खुसी गीतमा चित्रण गर्न खोजेका छौँ।"

हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन रहेको उक्त गीतलाई जोसुवा भोलानले मिक्स मास्टर गरेका छन्। गीतको संगीत संयोजन बिजु कर्माचार्य र सन्नी सुनामले गरेका छन् । लोकेश बज्राचार्यले निर्देशन गरेको सम्झनाकी खोलीको भिडयोका कार्यकारी निर्माता सुलभ बुढाथोकी र आईएनजी स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोमा आर्ट निर्देशन गोविन्द सुनारको रहेको छ । आशिष बस्न्यातको छायांकनमा निर्माण भएको भिडियोमा घनश्याम जोशी र सेबिता अधिकारीको अभिनय रहेको छ।

World Link Ads
Sana Kishan

गायक ताम्राकार पछिल्लो समय निकै चर्चामा रहेका छन्। आफ्नो आवाज र शब्दले दर्शकको मनमा बस्न सफल गायक ताम्राकारका काफल कमला, साइय्य, पियार लोकप्रिय गीतहरू हुन्। गीतमा नेपालको पश्चिमी पहाडको सुबाश झल्काउने मौलीक ठाडी भाका रहेको छ भने  शव्दको भावनालाई कायम राख्दै ग्रामीण पश्चिम नेपालको यथार्थ बोल्ने कोसिस गरीएको संगीतकार ताम्राकारको भनाई रहेको छ।

भिडियो हेर्न लिंकमा जानुहोस् 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close