सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरका नयाँ प्रतिभाहरूलाई सधै मेरो साथ रहने छ : गायक जे आर भट्ट

Far weast coaching ad
164
Sana Kishan

प्रकाश भट्ट, कञ्चनपुर – चर्चित देउडा गायक जे आर भट्टले सुदूरका नयाँ प्रतिभाहरूलाई सधै साथ दिने र आफुले सकेको सहयोग गर्ने बताएका छन्।

शुक्रबार सुदूरपश्चिम खबरसँग भएको कुराकानीमा उनले सुदुरका नयाँ प्रतिभाहरूलाई आफूले सकेको साथ र सहयोग गर्ने बताएका हुन।

Arus
Karnali Traders

उनले भने ‘धेरै कला र गला भएका कलाकारहरू सही साथ र सहयोग नपाएर पछाडि परेको देख्दा नरमाइलो लागेर आउँछ, सुरुवातका दिनहरूमा साथ र सहयोग नहुँदाको पीडा मैले पनि भोगेको थिए। अहिले आफू सित जे जति छ, जति आफूले सक्छु नयाँ कलाकारिता क्षेत्रमा लागेका तथा हाम्रो सुदूरको संस्कृति जोगाउन लागेका सम्पूर्ण नयाँ प्रतिभाहरूलाई मेरो साथ र सहयोग रहने छ।’

भट्ट पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहने गरेका छन्। साथै ‘मेरी इजु’ इजु गीतको अपार सफलतापछि ‘मेरी ईजु भाग-२’ को तयारीमा रहेको समेत उनले बताए।

उनले भने ‘ दर्शक तथा सम्पूर्ण श्रोताले ‘मेरी इजु’ गीतलाई दिएको माया प्रति सधैं आभारी रहने छु। साथै ‘मेरी ईजु भाग-२’ तथा द भ्वाईस अफ किड्समा आफ्नो प्रतिभा देखाउन सफल बाल कलाकार कल्पना भट्ट संग सित पनि छिट्टै नयाँ कोशेली दर्शक माझ ल्याउने छु।’

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.