सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतद्वारा विश्व कप खेल्ने पाकिस्तानी टोलीको भिसा स्वीकृत

भारतले विश्वकप खेल्ने पाकिस्तानी टोलीको भिसा स्वीकृत गरेको पुष्टि गरेको छ ।

दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

Sana Kishan

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको क्रिकइन्फोले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

टोली भोलि बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।

Dirghayu Ads

विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् । ४६ दिनसम्म चल्ने प्रतियोगिता अक्टोबर ५ तारिखमा शुरु हुनेछ भने फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ । प्रतियोगिता भारतका विभिन्न १० वटा सहरमा रहेको स्टेडियममा हुनेछ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.