सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा

लोक पप देउडा गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा ल्याएका छन् । हर्क विवश खनालको उत्कृष्ट शब्दमा तयार पारिएको सो गीतमा गायक चेतन बोहराको स्वर रहेको छ ।

उक्त गीतलाई कम्पोजर भने स्वयंम गीतकार हर्क विवश खनाल नै गरेका छन् भने सङ्गीत संयोजन केशव बडुले गरेका छन् ।चेतन बोहरा युट्युब च्यालनवाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि निकै रमाइलो सँगै गाउँघरका कुना कन्धराका बस्तु विशेषलाई उठान गरेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपति खनाल र दुर्गेश जोशीले साथ दिएर अझै गीतलाई सुमधुर बनाई दिएका छन् ।

मीन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाङ्कन मुकेश हुमागाईँले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गीत बजारमा ल्याएका थिए ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.