कन्चनपुर- देशभरीका नगरपालिका मध्ये विकास निर्माणमा उत्कृष्ठ काम गरेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका छनौट भएको छ । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई एक लाख नगद पुरस्कारका लागि छनौट गरेको हो ।
नगरको सम्बृद्धि दिगो विकासका उच्च योगदान गरेको मुल्याङ्गन गर्दै नगर विकास कोषले भीमदत्त नगरपालिकालाई नगद एक लाख रुपैया पुरस्कार दिने निर्णय गरेको हो
। अधिकाँसले भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट मिसन, भिजन र दुरदृष्ट्रिकर्ता नेतृत्व कर्ता भएकाले उनकै नेतृत्वमा नगरका भईरहेको विकास निर्माणको मुल्याङकन गरेर पुरस्कारका लागि छनौट भएको बताएका छन । निर्णय गरिएको पुरस्कारका औपचारिक हस्तान्तरण गर्न बाँकी छ ।
(janasarokarpost.com बाट साभार)