महिलामाथि हुने हत्या, हिन्सा, तथा यौन अपराध बिरुद्धमा आन्दोलन भईरहेका बेला कञ्चनपुरका काँग्रेस निकट विद्यार्थी नेता किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन ।
महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पस नेवि संघ एक धारमा इकाई अध्यक्ष सरोज रोकाया पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार पक्राउ गरेको प्रवक्ता अमर बहादुर थापाले बताए ।
‘रोकाया बिरुद्ध किशोरी पक्षबाट उजुरी परेपछि उनलाई सोधपुछका लागि ल्याईएको हो, ‘प्रवक्ता थापाले भने, ‘घटना बारे विस्तृत बुझिरहेका छौँ ।’
प्रमुख प्रतिक्षीय दल नेपाली काँग्रेसले देशभरी महिलामाथि हुने यौनजन्य हित्सा तथा बलात्कार बिरुद्धमा शसक्त आवाज उठाईरहेका बेला कञ्चनपुरमा काँग्रेसकै विद्यार्थी नेता किशोरीमाथि दुव्र्यवहार गरेकोमा आरोपमा पक्राउ परेका छन ।
नेकपा सत्ताधारी एक विद्यार्थी नेताले आफै हिंसा, बलात्कार गर्ने अनी सरकारमाथि दोषि लगाउने सरकार बिरुद्ध जाने कस्तो प्रवृति भन्दै प्रशन गरिरहेका छन ।
(janasarokarpost.com बाट साभार)