Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयल निगमका कामहरूले गति लियो : नेपाल–भारत जी–टु–जी सम्झौता कार्यान्वयन, पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १७, बुधबार १६:५३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको आगमन सँगै नेपाल आयल निगम लिमिटेडका कामहरूले गति लिएको छ । कतिपय रोकिएका कामहरू सुचारु भकाएछन् भने कतिपय नयाँ कामहरूले पूर्णता पाएका छन् । 

जसमा नेपाल र भारतबिच दुई वर्षदेखि रोकिएको जी–टु–जी (सरकार–देखि–सरकार) सम्झौता अनुसारको पेट्रोलियम पाइपलाइन सम्झौता अन्ततः बि–टु–बि (व्यवसाय–देखि–व्यवसाय) मोडलमा कार्यान्वयनमा ल्याइएको छ । मन्त्री भण्डारी र नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टको भारत भ्रमणका क्रममा भारत सरकार र भारतीय आयल निगमसँग सहमति जुटेपछि यो सम्झौता भएको हो ।

सम्झौतासँगै भारतको पूर्ण लगानीमा सिलगुडी (भारत) देखि झापा (नेपाल) सम्म १८ हजार ९ सय किलो लिटर क्षमताको पेट्रोलियम पाइपलाइन विस्तारको प्रक्रिया अघि बढेको छ । विस्तारित पाइप लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको छ र परियोजना भारतको लगानीमै निर्माण गरिनेछ । यसले पूर्वी नेपालमा इन्धन आपूर्तिको विश्वसनीयता, लागत घटाउने, समय बचत गर्ने र ढुवानी जोखिम न्यूनीकरण गर्नेछ । यसै गरी मोतीहारी–अमलेखगन्ज पाइप लाइनमार्फत हाल डिजेल आपूर्ति भइरहे पनि अमलेखगन्जमा भण्डारण क्षमता अभिवृद्धिसँगै अब पेट्रोल र मट्टितेलको आपूर्ति तथा वितरण पनि सुरु गरिएको छ ।उक्त कार्य सुरु भएसँगै पेट्रोलियम उत्पादनको मूल्यमा प्रतिलिटर २ देखि ३ रुपैयाँसम्म घट्दा उपभोक्ता लाभान्वित भएका छन् ।यसैबिच, चितवनमा निर्माणाधीन नयाँ भण्डारण गृहमा हवाई इन्धन समेत भण्डारण गर्न सकिने गरी भारतीय आयल निगमसँग सम्झौता भएको छ ।

विगतमा हुन नसकेको यो सहमति पहिलो पटक भएको मन्त्री भण्डारीको पालामा सम्पन्न भएको हो । जसले गर्दा ट्याङ्कर प्रयोग नगरी पाइप लाइनबाटै आपूर्ति सम्भव हुने भएकाले ढुवानी लागत घट्ने र इन्धनको शुद्धतामा सुधार आउने बताइएको छ ।भारतसँगको बि–टु–बि सम्झौताले पाइप लाइनमार्फत इन्धन आपूर्तिलाई सुरक्षित, सुलभ र सस्तो बनाउने दिशा तय गरेको छ ।दुर्गम जिल्लाहरूमा पम्प स्टेसन स्थापनाको अनुमतिदेशका केही दुर्गम जिल्लाहरूमा पम्प स्टेसन नहुँदा उपभोक्ताहरू बोतलमा पाइने मिसावटयुक्त पेट्रोल किन्न बाध्य थिए ।

मन्त्री भण्डारीको निर्देशनमा सार्वजनिक सूचना प्रकाशन गर्दै ३७ ओटा नयाँ पम्पहरू निर्माणको अनुमति प्रक्रिया अघि बढाइएको छ । ती पम्पहरूलाई एक महिनाभित्रै अनुमति दिने गरी प्रक्रिया अन्तिम चरणमा रहेको निगमका कार्यकारी निर्देशक भट्टले बताए । त्यस्तै, काठमाडौँको सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार प्रक्रिया अघि बढेको छ ।

निगमका डिपोहरूमा अटोमेसन प्रणाली जडान गरिँदै छ भने प्राथमिकताको आधारमा फ्लो मिटर खरिद गरी केही डिपोहरूमा जडान सम्पन्न भइसकेको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई जहाजलाई रिफ्युल गर्ने पूर्वाधार निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ । त्यसै गरी क्षमता विस्तार गर्न आवश्यक भएका स्टेसनहरूका लागि क्षमता बढाइएको छ भने, नयाँ भण्डारण गृहहरू पनि सञ्चालनमा ल्याइएको छ ।

यस अघि २० प्रतिशत मात्रै काम भएको नेपाल आयल निगमको केन्द्रीय कार्यालय निर्माणको कार्य मन्त्री भण्डारीको निर्देशनपछि तीव्र गतिमा सुरु भई अन्तिम चरणमा पुगेको छ । जसले सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ भने, निगमका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरू सञ्चालन गरिएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८२ बैशाख १७, बुधबार १६:५३
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ बैशाख १७, बुधबार १६:५३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

२०८२ बैशाख १७, बुधबार १६:५३

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख १७, बुधबार १६:५३
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख १७, बुधबार १६:५३
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख १७, बुधबार १६:५३
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख १७, बुधबार १६:५३
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख १७, बुधबार १६:५३
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख १७, बुधबार १६:५३

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व