कञ्चनपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको वेदकोट नगरपालिकामा शोकमा रहेका माओवादी नेता लाल परियारको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।
‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’को समापनका लागि हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा कञ्चनपुर आएका प्रचण्ड बुधबार दिउँसो वेदकोट–७, लालपुरस्थित परियारको घर पुगेका थिए।स्व. बीरसिंह परियार, जो समाजसेवीका रूपमा परिचित थिए, उनका छोराहरू लाल परियार, बीरबहादुर परियार, अनिलकुमार परियार र शिवकुमार परियार हाल कृरियामा छन्।
प्रचण्डसहित माओवादीका अन्य नेता–कार्यकर्ताहरूले घरमै पुगेर दुखद घडीमा साथ दिएकोमा परियार परिवारले हार्दिक आभार प्रकट गरेको छ।प्रचण्डको यो भ्रमणले शोकमा रहेको परिवारलाई भावनात्मक बल प्रदान गरेको स्थानीयले बताएका छन्।
माओवादी केन्द्र वेदकोट नगरका अध्यक्ष लाल परियारको परिवारलाई सान्त्वना दिन प्रचण्डले शोकाकुल परिवारजनसँग भेट गरी हार्दिक समवेदना व्यक्त गरे।









Discussion about this post