कञ्चनपुर- कञ्चनपुरका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघको केन्दीय अध्यक्ष र सचिवको नेतृत्वमा पुगेका छन ।
ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय अध्यक्षमा बचन बहादुर सिह र केन्द्रीय सचिवमा मिलन सिह चयन भएका हुन ।
नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको थियो ।
अनेरास्ववियू कञ्चनपुरका पुर्व विद्यार्थी नेता बचन बहादुर सिह केन्द्रीय अध्यक्ष र कञ्चनपुरकै पुर्व युवा नेता मिलन सिह केन्द्रीय सचिवमा चयन भएस्रंगै उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन ।
युवा संघमा कञ्चनपुरबाट नेतृत्व र पदाधिकारी सहित भएको भन्दै उनीहरुलाई बधाईको ओईरोछ ।
(janasarokarpost.com बाट साभार)