सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, ‘सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं’

लण्डन । विदेशमा बस्ने नेपाली विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुको संस्था ‘ग्लोबल पोलिसी फोरम फर नेपाल’ले नेपाल र भारतबीचको सीमा विवाद समाधानको लागि आवश्यक भुमिका निभाउन तयार रहेको जनाएको छ ।

फोरमले एक वक्तव्य जारी गर्दै ऐतिहासिक प्रमाण र अन्तर्राष्ट्रिय कानुनको जगमा सिमा विवादको समाधान खोज्ने कार्यमा दुवै देशलाई सघाउने ईच्छा प्रकट गरेको छ ।

सीमा समस्याका विषयमा संवेदनशिल बन्न आग्रह गर्दै फोरमले कुटनीतिक माध्यमबाटै निश्कर्षमा पुग्न पनि आव्हान गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भारतले हालै जारी गरेको राजनीतिक नक्साले विगतका सन्धी र प्रमाणहरुको अवमुल्यन गरेको भन्दै फोरमले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग एकतर्फी रुपमा आफ्नो नक्सामा राख्ने कार्य गलत रहेको ठहर गरेको छ ।

Dirghayu Ads

नेपाल र भारतबीचको सीमाका विषयमा सुगौली सन्धी र त्यसयता दुई देशबीचमा भएका कैयौं सम्झौताहरुले निक्र्यौल गरिसकेको अवस्थामा भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

नेपाल र भारतको सीमा समस्याकै विषयमा फोरमले आउँदो मार्च महिनामा लण्डनमा एक गोष्ठी आयोजना गर्ने तयारी गरिरहेको फोरम अध्यक्ष प्रा डा सुर्य सुवेदीले जानकारी दिएका छन् ।
हाम्रो अभियान बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.