सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट -०८ का ३८ वर्षीय जोशी ४ दिनदेखि बेपत्ता

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०८ गौजीका ३८ वर्षीय नारायण दत्त जोशी बेपत्ता भएका छन्। उनी ४ दिनदेखि सम्पर्कमा छैनन्।

Sana Kishan

उनी बैशाख ३१ गतेदेखि घरबाटै बेपत्ता भएका हुन्। बेपत्ता जोशीका भतिजा हरिशंकर जोशीका अनुसार बैशाख ३१ गते बिहान ९ बजे ट्वाइलेट जान्छु भनेर घरबाट निस्केका थिए । जो पछि घर नै फर्केनन्  ।  उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ। 

उनलाई भेट्न हुने महानुभावले मोबाइल नम्बर ९७६५४४०२६८,९७६५२२०२६३  अथवा नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी गराइदिन नारायण जोशीका भतिजा हरिशंकर जोशीले अनुरोध गरेका छन् ।।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.