सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन्दरपुरस्थित बैजनाथ मन्दिरमा चढाइएको ५१ केजीको घण्ट

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०९ सुन्दरपुर स्थित बैजनाथ मन्दिरमा ५१ केजीको घण्ट चढाइएको छ। सामाजिक अगुवा होली कमिटी २०८० ले होली खेलेर सङ्कलन भएको रकमबाट मन्दिरमा घण्ट चढाएको हो।

Sana Kishan

शुक्रबार कमिटीले मन्दिरमा बाजागाजा सहित घण्ट चढाइएको होली कमिटीका संयोजक कर्ण सिह बिष्टले बताएका छन्। धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि होली खेलेर सङ्कलन भएको रकमबाट कमिटीले रू ५१ हजार रकम बराबरको ५१ केजीको घण्ट मन्दिरमा चढाएको उनको भनाई रहेको छ।

World Link Ads
Mahakali Polytechnic

त्यसैगरी बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पदम बहादुर कुँवरले धर्म र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्न मन्दिरमा घण्ट चढाइएको बताएका छन्। साथै होली खेलकै रकमबाट वेदकोट -०९ कै बुडा बैजनाथ मन्दिर र सिद्द बैजनाथ मन्दिरमा समेत रू ११-११ हजार रकम बराबरको आवश्यक सामाग्री प्रदान गरिने उनको भनाई रहेको छ। जनताको पैसा सामाजिक कार्यमा लगाउने उद्देश्यले मन्दिरमा घण्ट चढाइएको उनले बताएका छन्।  

 

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.