सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसै यसैगरी बितेछ समय ….

यसै यसैगरी बितेछ समय
न उमङ्ग छ न छ कुनै भय
कतै अल्झियो कतै तैरियो
न त जिन्दगीले लियो लय
जे जे भयो भयो राम्रै थियो
छ कसैप्रति न कुनै दुराशय
तल हुनुपर्ने माथी पुगे छन्
पछाडि छुटे साथी कतिपय
कसलाई गुनासो गर्नु व्यर्थ
कसले गर्छ यो नियती तय
कसरी बित्यो समय के भनु
यसै यसैगरी गएछ मेरो वय

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.