सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खै केही फेरिएन केवल क्यालेन्डर फेरियो ….

न नदी फेरियो न त नदीको बगर फेरियो
न मेरो गाउँ फेरियो न तिम्रो सहर फेरियो

उहीँ यात्रा जारी छ; निरन्तर,अविचलित
न उद्देश्य फेरियो उसको न सफर फेरियो

यहीँ फेर्न रातदिन कुदेको छ छोरो सहरमा
न आमाको चोली न बाको मफलर फेरियो

धेरै खुसी हुनु छैन के भएको छ उपलब्धि
वसन्त आयो भनेको केवल पतझर फेरियो

Mahakali Polytechnic

के के पो फेरिन्छ भन्ने लाग्थ्यो पोहोर पनि
खै केही फेरिएन केवल क्यालेन्डर फेरियो

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds