असललाई खराब खराबलाई असल भने हुन्छ
सुनलाई पित्तल अझ रक्सीलाई जल भने हुन्छ
यो मेरो देश हो मैले नै मेरो विरोध गर्न मिल्दैन
यो देशमा लुट्न सक्ने मान्छे सफल भने हुन्छ
चोरी चाकरी चतुर्याइँ दाम सलाम नै शक्ति हो
सोझा सज्जन इमान्दार मान्छे दुर्बल भने हुन्छ
ताली बजाउ नोकर चाकर सबै एकजुट होऊ
अपराधीका अखाडा जति सबै दल भने हुन्छ
आफै व्याख्या गर्न पाइन्छ विधिको शासन हो
राज्य शासन भने हुन्छ उथलपुथल भने हुन्छ
स्वीजरल्याण्ड बनाउने सपना छ यो देशलाई
चिन्ता लिनु पर्दैन भविष्य उज्ज्वल भने हुन्छ









Discussion about this post