सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुवै मिर्गौला फेल हुँदा परिवारको बिचल्ली, सहयाेगकाे अपील

प्यूठानः चार वर्षअघि जीवन संगिनी लक्ष्मी जिसीको उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो। फोक्सोको क्यान्सरले पीडित जिसीलाई २५ लाख खर्च गर्दा पनि बचाउन सकेनन्। जीवनसाथिको मृत्युपछि ६५ वर्षीय राजेन्द्र विक्रम जिसी पीडामै छन्।

श्रीमती गुमाउनुको वियोग उनले विस्तारै भुल्दै थिए। पत्नीको उपचारकै लागि भएको सम्पत्ति बेच्दा पनि नपुगेपछि ऋण खोज्नुपर्‍यो। त्यसबेला खोजेको ऋण अझै तिर्नै बाँकी छ।

जवान छोराले कमाएर ऋण तिर्ला भन्ने आश गरेका जिसीलाई छोराको पनि दुवै मिर्गौला फेल भएको थाहा पाएपछि विचल्ली भएको छ। परिवारलाई मिलाएर राख्ने उनका जेठा छोरा प्रकाश पनि अहिले दुवै मिर्गौलाले काम नगर्ने भएपछि थला परेका छन्।

३६ वर्षीय प्रकाश ओछ्यानमै थलिएपछि जिसी परिवारको विचल्ली भएको छ। झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठान निवासी जिसी परिवार विगत सात वर्षदेखि शिवराज नगरपालिका ५ चन्द्रौटामा बस्दै आएका छन्। ‘हप्तामा दुई पटक डाइलोसिस गराउनुपर्छ’, बुवा राजेन्द्र विक्रमले भने, ‘महिनामा ३०÷३५ हजार खर्च हुन्छ। जुटाउनै गाह्रो भयो।’

Mahakali Polytechnic

परिवारमा लागेको ऋण तिर्ने र बुवालाइ खुसी बनाउने प्रकाशको योजना आफैँ थलिएपछि अँधुरै रहयो। उनका एक छोरा र एक छोरी छन्। छोराले नर्सरीमा पढछन्। छोरी भर्खर एक वर्षकी भइन। ‘जीवनमा के–के सोँच थिए’ प्रकाशले भन्छन्, ‘सबै सोँचाइमा मात्र सिमित भए।’

World Link Ads

स्नातक अध्ययनरत उनको सामाजिक काम गर्ने मन छ। ‘ श्रीमतीले मिर्गौला दिन्छु भनेकी छे’ उनी थप्छन्, ‘तर, प्रत्यारोपण गर्ने रकम छैन्।’ प्रत्यारोपण सफल भएमा त्यसपछिको खर्च सरकारले व्यहोर्ने कुरा सुनेको बताउँदै उनले मिर्गौला लिने, दिनेहरुकै चेकजाँच गर्न नसकिएको दुःखेसो पोखे।

Sana Kishan

डाक्टरले छिट्टै दुवै मिर्गौला प्रत्यारोपण गर्न सल्ला दिएका छन्। हाल जिसीले सातामा दुई दिन भैरहवास्थित सिटी हस्पिटल प्राली भैरवामा डाइलोसिस गरिरहेका छन्। सहयोगी भेटिए काठमाडौँ पुगेर मिर्गौला प्रत्यारोपण गर्ने उनको चाहना छ। जीवनले नयाँ मोड लिएमा जिसीले मिर्गौलाको विषयमा सामाजिक सचेतना जगाउने अभियानमा लाग्ने सोँच बनाएका छन्।

‘ख्यालख्यालमै दुवै मिर्गौला फेल भए’ उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण भएर हिँडडुल गर्ने भएँ भने यसैका बारेमा गाउँमा जनचेतना फैलाउने मन छ।’ अस्वस्थ खानपान, मधुमेह, प्रेसर लगायतका बिरामीलाई यस्तो समस्या हुने चिकित्सकहरु बताउँछन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds