कञ्चनपुर – पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरूमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा भीमदत्त नगरपालिका वडा नम्बर -०६ ऐठपुर स्थित नवप्रतिभा पब्लिक स्कुलका प्रधानाध्यापक वीर बहादुर चन्दले आफ्नी छोरी बेबिका चन्द लाई जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार दिएका छन्।
उनले छोरी बेबिकाको जन्मदिनमा उच्च शिक्षाका लागि भन्दै नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड बाट २० लाख बिमाङ्कको बाल अमृत बिमा पोलिसी उपहार दिएका हुन्।
कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमका बिच शाखा प्रमुख नवीन किशोर भट्ट र प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा उनले छोरी बेबिका चन्दलाई बीमा पोलिसी उपहार दिएका हुन्।
छाेरीकाे उज्ज्वल भविष्यका लागि बिमा पोलिसी उपहार दिएको प्रधानाध्यापक चन्दको भनाई रहेको छ। जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच रहेको कम्पनीका प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको भनाई रहेको छ।