Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासेमा गण्डकी प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नंंं। २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो ।

पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं। २३ ले स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई स्वागत गरी वडाको जानकारी गराए ।

प्रदेश प्रमुख भट्टले पञ्चासे शिरदेखि फेवाफाँटसम्म फैलिएको यस वडा विविधतापूर्ण र महानगरकै ठूलो वडा रहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । वडाध्यक्ष गुरुङले प्रदेश प्रमुखलाई यस प्रदेशमै पहिलोपटक आफ्नो वडामा स्वागत गर्न पाउँदा हर्ष प्रकट गर्नुभयो ।

पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ। त्यहाँबाट बढीमा २ घण्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन्।

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रदेशप्रमुखको टोली पोखरा वडा नं। २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । दम्दमे तमु समाजले बाटैमा प्रदेश प्रमुखलाई स्वागत गरेको थियो । यहाँबाट अघि बढेको टोलीलाई कुद्बी डाँडा गाउँले तमु समाजले पनि स्वागत ग¥यो । तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व। ढकबहादुर गुरुङ स्मृति तमु ९गुरुङ० संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे ।

सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे । हर्पन खोलामा मिसिने खोलाहरुले गाउँ नै विस्थापन गर्न लागेको, बर्खामा यसको नियन्त्रण नगरे बाढी र पहिरोका कारण फेवाताल पुरिनेतर्फ बेलैमा सचेत रहन महानगर तथा सरकारको पनि ध्यानाकर्षण उनीहरुले गराए । उपल्लो सिदाने समाजघरले पनि स्वागत ग¥यो भने पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।

प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवद्र्धनको खाँचो औंल्याउनुभयो । पञ्चकोटका साथै सिद्धबाबा मन्दिरको पनि अवलोकन गर्नुभएका उहाँले शतबिज छर्ने दिन बालाचतुर्दशीमा ओहिरिने धार्मिक पर्यटकलाई अरुबेला पनि आकर्षण गर्न योजना नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

पञ्चासेको एक चिनारीः

गण्डकी प्रदेशमा रहेको पञ्चासे क्षेत्रलाई पञ्चधाम, पञ्चासे धाम वा पञ्चकोट भनेर पनि चिनिन्छ । अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन्।

तीन जिल्लाको सीमा क्षेत्रमा रहेको यो मनमोहक प्राकृतिक क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण र मनासुलु हिमचुचुराको सीधा अवलोकन गर्न सकिन्छ । माछापुच्छ«े ठीक बीचमा देखिन्छ । एकै स्थानबाट सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिन्छ।

समुद्र सतहदेखि २५ सय मिटरभन्दा अग्लो स्थानमा रहेको पञ्चासे मध्य पहाडी क्षेत्रको महाभारत शृंखलामा पर्दछ । नेपालको सबैभन्दा बढी पानी क्षेत्र पनि हो ।

पञ्चासे पहाड वरिपरि पाँचवटा नदीका मुहान छन्। जसमध्ये प्रमुख हुन्, हपर्न र अँधेरी खोला ९फेवा तालका मुहान नदी०। त्यस्तै स्याङ्जा र पर्वत भएर बग्ने आँधीखोला, जरेखोला र रतीखोलाको उद्गमस्थल पनि पञ्चासे क्षेत्र नै हो।

चार सयमध्ये एक सय १२ थरीका सुनाखरी यहीँ छन्। यसैले पञ्चासे क्षेत्रलाई सुनाखरीको राजधानी भनिन्छ। रक्तचन्दन, फँलाट, गुराँस र खसु्रका रुख पनि छन्।

भगवान् शिवजीको वासस्थानका रूपमा पनि लिने गरिन्छ। भगवान् शिवजीलाई पञ्चास्य वा पञ्चमुख पनि भनिन्छ, जसको वासस्थान भएकाले यो ठाउँको नाम पञ्चासे रहन गएको हो।

यस क्षेत्रमा वैदिक परम्परा अनुसार पूजाआजा गरिने पाञ्चायन देवताको पूजास्थल पनि रहेका छन्। त्यसैले यिनै पाञ्चायन देवताको पूजास्थलका रूपमा यस क्षेत्रको नाम पञ्चासे रहन गएको भन्ने भनाइ छ।

यस क्षेत्रको वैदिक महत्व र विशिष्टतालाई विभिन्न पौराणिक कथा र मिथकसँग जोडेर पनि मानिसले धारणा बनाएका छन्। महाभारत कथा अनुसार द्वापर युगमा हस्तिनापुर राज्य छाडेर १२ वर्षको वनबासको सजाय भुक्तान गर्ने अवधिमा पाँच पाण्डवले समेत आफ्नो वनबासको केही कालखण्ड यहाँ ध्यान तथा साधनामा बिताएका थिए भन्ने जनश्रुति रहन गएको छ।

त्यही भनाइका आधारमै यस क्षेत्रको नाम ‘पाँच’ वा ‘पञ्च’ शब्दसँग जोडिएर पञ्चासे रहन गएको मत पनि पाइन्छ।

बालाचतुर्दर्शीको दिनमा यहाँ सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। यो दिनमा यहाँ रहेको पञ्चासे तालमा स्नान गर्न र सद्बीज छर्न टाढा टाढाबाट भक्तजन आउँछन्।

यहाँ नजिकै बैदान ताल छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय बताउँछन् ।श्रोतः दामोदर त्रिपाठी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
Uncategorized

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व