Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यही ठाउँमा जीवनका ४० वर्ष बिताए अब कहीँ जानुछैन : मुन्नी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : महेन्द्रनगर बजारको महेन्द्र स्मारक चोकमा उमेरले लगभग ६० वर्ष भन्दा बढी उमेर देखिएकी वृद्ध आमा थरिथरिका खेलौना बेचिरहेकी थिइन् । जुन उमेरमा हाम्रा हजुरबुवा/हजुरआमा जागिरदेखि समेत रिटायर हुने गर्छन् त्यो उमेरमा पनि उहाँ संघर्षरत जीवन बाध्य भएको प्रष्ट देखिन्थ्यो।

सानो स्टयाण्डमा विभिन्न प्रकारका खेलौनाहरू थापी उहाँ प्रत्येक दिन त्यही चोकमा आएर खेलौना बेची आफ्नो गुजारा गरिरहेकी रहेछन्। गर्मी र वर्षा र चिसोले झनै उनको संघर्ष माथि बोझ थपेको थियो। बिना छत वृद्ध उमेरमा यसरी गर्मी र वर्षा र चिसोमा चोकमा दिनभरी उभिएर जिविकोपार्जन गर्न सजिलो थिएन।No description available.

उनको संघर्ष देखेर उनीसित बोल्न मन लागिहाल्यो, अनि म लगायत सञ्चारकर्मी साथीहरू उनीसित कुरागर्न भनी उनले खेलौना बेचिरहेको ठाउँमा गयौँ। उहाँको नाम मुन्नी सरोज रहेछ, हामिले उहाँलाई हामीले सोध्यौँ आमा यो उमेरमा पनि यसरी दुख गरिराख्नुभाछ, घरमा अरू छैनन् की? उनले हँसिलो मुहार बनाई भन्नुभयो बाबु एउटा छोरी छ बिहे गरेर गइहाली, एउटा छोरा छ उ परिवारसहित भारतमा बस्छ। यस्तो सुन्ने बितिक्कै उनले गरिरहेको संघर्ष कति धेरै छ भनेर बुझियो। उहाँसित थप कुरा गर्दै जाँदा थाहा भयो उहाँको जन्म भारतमा भएको रहेछ। सानै उमेरमा बिहे भएको उनको बुढाले भाइको देहान्तपछि भाइबुहारी सित बिहे गरेछन् र उनलाई पीडा दिने थाले।

आफ्नै बुढाले भाइबुहारी सित बिहे गरेपछि उनलाई छाडे। त्यसपछि उनी केही समय माइत बसिन, माइतमा पनि छोरी मान्छे धेरै बस्नु नहुने भन्दै कुराहरू आउन थालेछन्। आफ्नै आमाबुवा सित पनि बस्न नमिल्ने भएपछि उनी कामको खोजीमा नेपाल आइन। नेपाल उनसित आउँदा एउटा छोरा र छोरी सँगै थिए। नेपाल आएपछि बस्न लाउन समेत ठेगान नभएकी उनी खान लाउन लेबरी काम थालिन। विस्तारै उनले नेपाली भाषा सिकिन, आफू र आफ्नो छोराछारी दुईटैको खान लाउन त्यही लेबरी काममा टेकिएको थियो। त्यसपछि उनले खेलौना पसल थापिन र खेलौना बेच्न लागिन। दिनहरू बित्दै गए उनको छोरा छोरीले पनि भारतमै बिहे गरेछन्। अचेल छोरीको त समय समयमा फोन गर्ने तर छोराले भने यती संघर्ष गरेकी आमाको मतलब समेत नगर्ने रहेछ।

उनलाई अब भारत जान मन छ कि नाई भनेर सोध्दा उनले भनिन ‘नाई बाबु अब नेपालमै मर्ने रहर छ, यही ठाउँमा जीवनका ४० वर्ष बिताए अब कहीँ जानुछैन। यही ठाउँले खाना बस्न दियो, आफ्नै घर र माइतबाट हेपिएकी म यहीँ आनै घरजस्तै लाग्छ। यहाँका मान्छे धेरै राम्रा छन्, अब यतै अन्तिम सास फेर्नु छ।’

अचेल मेलाको बेला उनको नाति (छोरीको छोरा) आउने रहेछ तर आफ्नै छोरासित भने सम्पर्क नहुने रहेछ। हामीसित आफ्नो विगत बताउँदै गर्दा उहाँको आँखाबाट बगेका आँशुहरूले छातीभित्र कति पीडा लुकेको छ भनेर बताईरहेको थियो। बुढाले घरबाट निकाल्यो, माइतीको घर बस्दा पनि पीडा खेप्नु परेकी उनी आफ्नै छोरा छोरीले पनी बुढेसकालमा समेत साथ नदिँदा पनि यती सङ्घर्षका बावजुद उनको अनुहारमा देखिने खुसीले समस्याहरूबाट नभागेर लड्नपर्छ भन्ने सन्देश थियो।

६१ वर्षको उमेरमा उनी घाम पानी जेसुकै होस् हरेक दिन त्यही चोकमा खेलौना बेचेर जीवन निर्वाह गरिरहेकी छन्।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व