Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इनर्जी ड्रिंक पिउँदा के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २१, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सामान्य बुझाइमा इनर्जी ड्रिंक भनेको ऊर्जा प्रदान गर्ने पेय पदार्थ हो । त्यसैले मानिसहरू थकान मेट्न वा शरीरमा शक्ति बढाउन इनर्जी ड्रिंक सेवन गर्छन् । विशेषगरी यो युवामाझ निकै लोकप्रिय छ ।

पछिल्लो समय अन्धाधुन्ध गरिएका विज्ञापनकै कारण इनर्जी ड्रिंकको सेवन गर्नेको अझै बढिरहेको छ । बजारमा पाइने विभिन्न इनर्जी ड्रिंकहरुले केही समयको लागि ऊर्जा दिने भए पनि स्वास्थ्यमा भने गम्भीर असर गर्ने पोषणविद् केपी लम्साल बताउँछन् ।

‘बढ्दो उपयोगसँगै यसले पार्ने असरको बारेमा चेतना नहुँदा घातक रोगको सिकार हुनुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘थकान लागेको बेला इनर्जी ड्रिंक पिउँदा स्फूर्ति दिएजस्तो बनाउने हुँदा यिनलाई शक्तिवद्र्धक पेय पदार्थ भनिएको हो । यसको सेवनले तत्काल ऊर्जा प्राप्त भएको जस्तो र बलियो भएको जस्तो महसुस पनि हुन्छ ।’

क्याफिन, भिटामिन बी, इनिसिटोल, पानी, चिनी, गोअरन, जिङ्क, एकाइबेरी बिलोवाजस्ता मिश्रणबाट इनर्जी ड्रिंक बनाइएको हुन्छ । क्याफिन र चिनीको मात्रा बढी हुने यस्तो पेयको रेसिपी कम्पनी अनुसार फरक पर्छ । रेड बुल, रेड इगल, म्याक्स टाइगर, एक्स्ट्रिम इनर्जी ड्रिंक, बज र स्टिंग लगायतका इनर्जी ड्रिंक नेपाली बजारमा पाइन्छ ।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंकको आयात रोकेको थियो । तर त्यसपछि नेपालमा नै यसको उत्पादन गर्ने कम्पनीहरु आए ।

यसले वास्तवमै ऊर्जा दिन्छ ?

चिनीको सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । त्यसरी नै यस्ता पेय पदार्थको सेवन गर्दा पनि ऊर्जा प्राप्त हुने लम्साल बताउँछन् । ‘यसमा भएको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । जसकारण सेवनकर्ताले फूर्तिलो भएको महसुस गर्छ । सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणाली सक्रिय गराउनु राम्रो होइन,’ उनी भन्छन् ।

तर इनर्जी ड्रिंकको सेवनले शरीरका विभिन्न अंगमा असर पु¥याउँछ । यसमा भएको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । कृत्रिम रूपमा स्नायु प्रणाली सक्रिय हुँदा विभिन्न मानसिक समस्या निम्तिन सक्ने लम्साल बताउँछन् ।

‘इनर्जी ड्रिंकमा रिफाइन्ड चिनीको मात्रा पनि अधिक हुन्छ । जसले गर्दा शरीरमा सुगरको मात्रा बढेर मधुमेह, मोटोपन, उच्च रक्तचापको समस्या हुन सक्ने भयो । यसमा प्रयोग भएको बढी क्याफिनको मात्राले निद्रा नलाग्ने समस्या पनि हुन्छ,’ लम्साल भन्छन्, ‘यसले शरीरमा डिहाइड्रेसन गराउँछ । क्याफिनले शरीरमा शरीरको मात्रा कम गराउँछ ।’

१८ वर्षीय बास्केट बल खेलाडी रोम कोन्निको खेलकै दौरानमा चार क्यान रेडबुल पिएका कारण मृत्यु भएपछि सन् २००४ मा फ्रान्सले चर्चित इनर्जी ड्रिंक रेडबुललाई प्रतिबन्ध नै लगाएको थियो ।

इनर्जी ड्रिंकमा ५० देखि १८० मिलिग्रामसम्म क्याफिन भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार एक स्वस्थ वयस्क व्यक्तिले प्रतिदिन १५० मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्नु हुँदैन । यो तथ्यांकलाई हेर्दा प्रतिदिन एक क्यान इनर्जी ड्रिंकको सेवन पनि घातक बन्न सक्छ ।

यति मात्रामा इनर्जी ड्रिंकको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक भन्ने कतै पनि समेटिएको छैन । त्यसैले यसले स्वास्थ्यमा हानि मात्र गर्ने भएकाले यसलाई नपिउनु नै राम्रो हुने लम्साल बताउँछन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व