Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको उक्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि (पीएचडी) तह पार गरेका कुल २ हजार ४ सय ८९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् शिक्षाविद् प्राध्यापक तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा विद्यार्थीहरूलाई दीक्षित गरिएको हो।

 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै सफल र सुखद भविष्यको कामना गर्नुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै विश्वविद्यालयले नेपालको उच्च शिक्षाको विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभएको छ।

 

मन्त्री पोखरेलले विश्वविद्यालयले मानविकी, शिक्षाशास्त्र र व्यवस्थापनका साथै विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कम्प्युटर विज्ञान, वन विज्ञान, कृषि विज्ञान, कानुन तथा स्वास्थ्य विज्ञान जस्ता व्यावसायिक र प्राविधिक विषयहरू थप गर्दै लगेकोमा खुसी व्यक्त गर्नुभएको छ। सेमेस्टर प्रणाली लागू गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने र बजारको माग अनुसारका कार्यक्रमहरू थप गर्ने कार्यले यो विश्वविद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।

 

विश्वविद्यालयले व्यहोरीरहेका समस्याहरूबारे आफू जानकार रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले ती समस्याहरूको समाधानका लागि प्रयत्न गर्ने आश्वासन दिनुभएको छ। सामुदायिक क्याम्पसहरूको पूर्ण समायोजन लगायतका समस्या समाधान गर्न र सुदूरपश्चिम विश्वविद्यालयको उन्नति, विकासका लागि नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

 

मन्त्री पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित ३ सय बिघा जग्गालाई अतिक्रमणबाट मुक्त गर्ने घोषणा गर्नुभएको छ। यसका साथै विश्वविद्यालय ऐन २०६७ को पूर्ण कार्यान्वयनका लागि सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समावेश गर्ने र डडेल्धुरामा यथाशीघ्र एमबीबीएसको पठनपाठन सुरु गर्ने वातावरण सिर्जना गर्न डडेल्धुरा अस्पतालको ओएन्डएम पूरा गर्नेतर्फ आफ्नो प्रयास रहने बताउनुभएको छ।

 

देशको वर्तमान शैक्षिक अवस्था र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा बाहिरिनुपर्ने अवस्थालाई बदल्नुपर्ने बताउनुभएको छ। हाम्रा शैक्षिक कार्यक्रमहरू जीवनको आवश्यकतासँग मेल खाने भए कि भएनन् वा सिकेको ज्ञान प्रमाणपत्रमा मात्र सीमित भयो कि भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड
देश/राष्ट्रिय

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व