सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इनर्जी ड्रिंक पिउँदा के हुन्छ ?

54
Sana Kishan

सामान्य बुझाइमा इनर्जी ड्रिंक भनेको ऊर्जा प्रदान गर्ने पेय पदार्थ हो । त्यसैले मानिसहरू थकान मेट्न वा शरीरमा शक्ति बढाउन इनर्जी ड्रिंक सेवन गर्छन् । विशेषगरी यो युवामाझ निकै लोकप्रिय छ ।

पछिल्लो समय अन्धाधुन्ध गरिएका विज्ञापनकै कारण इनर्जी ड्रिंकको सेवन गर्नेको अझै बढिरहेको छ । बजारमा पाइने विभिन्न इनर्जी ड्रिंकहरुले केही समयको लागि ऊर्जा दिने भए पनि स्वास्थ्यमा भने गम्भीर असर गर्ने पोषणविद् केपी लम्साल बताउँछन् ।

Arus

‘बढ्दो उपयोगसँगै यसले पार्ने असरको बारेमा चेतना नहुँदा घातक रोगको सिकार हुनुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘थकान लागेको बेला इनर्जी ड्रिंक पिउँदा स्फूर्ति दिएजस्तो बनाउने हुँदा यिनलाई शक्तिवद्र्धक पेय पदार्थ भनिएको हो । यसको सेवनले तत्काल ऊर्जा प्राप्त भएको जस्तो र बलियो भएको जस्तो महसुस पनि हुन्छ ।’

क्याफिन, भिटामिन बी, इनिसिटोल, पानी, चिनी, गोअरन, जिङ्क, एकाइबेरी बिलोवाजस्ता मिश्रणबाट इनर्जी ड्रिंक बनाइएको हुन्छ । क्याफिन र चिनीको मात्रा बढी हुने यस्तो पेयको रेसिपी कम्पनी अनुसार फरक पर्छ । रेड बुल, रेड इगल, म्याक्स टाइगर, एक्स्ट्रिम इनर्जी ड्रिंक, बज र स्टिंग लगायतका इनर्जी ड्रिंक नेपाली बजारमा पाइन्छ ।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंकको आयात रोकेको थियो । तर त्यसपछि नेपालमा नै यसको उत्पादन गर्ने कम्पनीहरु आए ।

यसले वास्तवमै ऊर्जा दिन्छ ?

Karnali Traders

चिनीको सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । त्यसरी नै यस्ता पेय पदार्थको सेवन गर्दा पनि ऊर्जा प्राप्त हुने लम्साल बताउँछन् । ‘यसमा भएको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । जसकारण सेवनकर्ताले फूर्तिलो भएको महसुस गर्छ । सामान्य अवस्थामा कृत्रिम रूपमा स्नायु प्रणाली सक्रिय गराउनु राम्रो होइन,’ उनी भन्छन् ।

तर इनर्जी ड्रिंकको सेवनले शरीरका विभिन्न अंगमा असर पु¥याउँछ । यसमा भएको क्याफिन र टउरिनले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । कृत्रिम रूपमा स्नायु प्रणाली सक्रिय हुँदा विभिन्न मानसिक समस्या निम्तिन सक्ने लम्साल बताउँछन् ।

‘इनर्जी ड्रिंकमा रिफाइन्ड चिनीको मात्रा पनि अधिक हुन्छ । जसले गर्दा शरीरमा सुगरको मात्रा बढेर मधुमेह, मोटोपन, उच्च रक्तचापको समस्या हुन सक्ने भयो । यसमा प्रयोग भएको बढी क्याफिनको मात्राले निद्रा नलाग्ने समस्या पनि हुन्छ,’ लम्साल भन्छन्, ‘यसले शरीरमा डिहाइड्रेसन गराउँछ । क्याफिनले शरीरमा शरीरको मात्रा कम गराउँछ ।’

१८ वर्षीय बास्केट बल खेलाडी रोम कोन्निको खेलकै दौरानमा चार क्यान रेडबुल पिएका कारण मृत्यु भएपछि सन् २००४ मा फ्रान्सले चर्चित इनर्जी ड्रिंक रेडबुललाई प्रतिबन्ध नै लगाएको थियो ।

इनर्जी ड्रिंकमा ५० देखि १८० मिलिग्रामसम्म क्याफिन भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार एक स्वस्थ वयस्क व्यक्तिले प्रतिदिन १५० मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्नु हुँदैन । यो तथ्यांकलाई हेर्दा प्रतिदिन एक क्यान इनर्जी ड्रिंकको सेवन पनि घातक बन्न सक्छ ।

यति मात्रामा इनर्जी ड्रिंकको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक भन्ने कतै पनि समेटिएको छैन । त्यसैले यसले स्वास्थ्यमा हानि मात्र गर्ने भएकाले यसलाई नपिउनु नै राम्रो हुने लम्साल बताउँछन् । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.