Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १३, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको उक्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि (पीएचडी) तह पार गरेका कुल २ हजार ४ सय ८९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् शिक्षाविद् प्राध्यापक तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा विद्यार्थीहरूलाई दीक्षित गरिएको हो।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. यज्ञराज पाठकले सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापछि राजधानीबाट टाढा रहेको महेन्द्रनगर सहर वस्तुगत रूपमै उच्च शिक्षाको प्रमुख गन्तव्य बनेको बताउनुभएको छ। उहाँले दीक्षित छात्रछात्राहरू संसारको जुनसुकै स्थानमा गएर पनि आफ्नो ज्ञान र क्षमताको आधारमा विश्वविद्यालय र देशको शिर उच्च राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार विश्वविद्यालयमा हाल मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषिविज्ञान, कानुन, स्वास्थ्य विज्ञान र वनविज्ञान गरी नौ वटा सङ्काय सञ्चालनमा रहेका छन्। देशभर रहेका १६ वटा आङ्गिक र ३१ वटा सम्बन्धन प्राप्त क्याम्पसमार्फत हाल २४ हजार ८ सय ९५ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने पाँच सय २२ जना प्राध्यापक र दुई सय २७ जना कर्मचारीसहित सात सय ४९ जनाको शैक्षिक परिवारले विश्वविद्यालयलाई अघि बढाइरहेको उहाँले जानकारी दिनुभएको छ।

प्रा. पाठकले विश्वविद्यालयलाई अनुसन्धानमूलक शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार एमफिल र पीएचडी कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उपकुलपति पाठकले यसै वर्ष दुई जनाले विद्यावारिधि र सात जनाले एमफिलको उपाधि प्राप्त गरेको जानकारी दिनुभयो। अनुसन्धान संस्कृति प्रवर्द्धनका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शिक्षकहरूलाई विभिन्न अनुसन्धान अनुदान उपलब्ध गराइएको उहाँको भनाइ थियो।

उहाँले विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने जनशक्तिका रूपमा विकास गर्न विश्वविद्यालयले ‘इन्कुबेसन सेन्टर’ स्थापना गरी ‘सीड मनी’ कार्यक्रम सञ्चालन गरेको बताउनुभएको छ। त्यस्तै सुदूरपश्चिमको भाषा, संस्कृति र साहित्यको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकता दिँदै लोककथाहरूको सङ्कलन र प्रकाशन सम्पन्न भइसकेको तथा अन्य अनुसन्धान कार्यहरू पनि अघि बढिरहेको जानकारी दिनुभएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विश्वविद्यालयले अन्तर्राष्ट्रिय साझेदारीलाई समेत विस्तार गरेको छ। यसै वर्ष भारतको आईआईटी रुड्की, गोविन्दवल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयसहित छ वटा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। स्वदेशमा भाषा आयोग नेपाल तथा अन्य विश्वविद्यालयहरूसँग पनि सहकार्य विस्तार गरिएको उपकुलपति पाठकले बताउनुभएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रा. पाठकले विश्वविद्यालयले विभिन्न चुनौतीहरूको सामना गरिरहेको समेत बताउनुभएको छ। उहाँका अनुसार सङ्गठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन नहुँदा आवश्यक दरबन्दी व्यवस्थापन हुन नसकेको, प्राविधिक विषयमा स्थायी जनशक्ति अभाव रहेको तथा सीमित बजेटका कारण छात्रावास, पुस्तकालय, सभाहल, परीक्षा भवन लगायतका भौतिक पूर्वाधार निर्माण गर्न कठिनाइ भइरहेको छ।

त्यस्तै बजेट अभावकै कारण पहाडी जिल्लामा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन नसकिएको र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न कठिनाइ हुँदा कर्मचारी पलायनको समस्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभएको छ। १५ वटा क्याम्पसको समायोजन प्रक्रिया अझै अपूर्ण रहेको, सिद्धनाथ विज्ञान क्याम्पस ऐनअनुसार पूर्ण रूपमा विश्वविद्यालयमा समायोजन हुन नसकेको तथा टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको करिब तीन सय बिघा जग्गा अतिक्रमणमा पर्दा कृषि विज्ञान सङ्कायको विस्तार प्रभावित भएको विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल
देश/राष्ट्रिय

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व