कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट सुदूरपश्चिमका युवा उद्यमी तथा शिक्षाविद् हेमराज भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। खुलातर्फ कुल १,१३७ मत प्राप्त गर्दै भट्ट पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।
कुनै स्थापित राजनीतिक पृष्ठभूमिबिना महाधिवेशन प्रतिनिधिहरूको मत प्राप्त गर्दै उनी केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका छन्। उनको विजयलाई रास्वपाभित्र कर्मशील नेतृत्व र नयाँ पुस्ताको उपस्थितिका रूपमा हेरिएको छ।
कैलालीको अत्तरियामा सामान्य किसान परिवारमा जन्मिएका भट्टको विगत सङ्घर्षपूर्ण रहेको छ। सुरुवाती दिनमा साना व्यवसाय सञ्चालन गर्दै अध्ययनलाई निरन्तरता दिएका उनले शिक्षा र उद्यमशीलताको क्षेत्रमा लामो समय काम गरेका छन्।
उच्च शिक्षा अध्ययनकै क्रममा ‘क्यारियर स्टेशन’ स्थापना गरेका भट्ट हाल मिल्टन इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्।










Discussion about this post