Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । आकर्षक सेवा सुविधा र राम्रो अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशिने प्रवृत्ति पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको देखिएको छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार वार्षिक करिब २ हजार चिकित्सकले दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरेका छन्। तर सोही अनुपातमा वा कहिलेकाहीँ त्योभन्दा बढी सङ्ख्यामा डाक्टरले विदेश जानका लागि आवश्यक ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेका छन्।

सन् २०२५ मा २ हजार १२२ जनाले लाइसेन्स लिएका थिए भने सोही वर्ष २ हजार ३९० जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका थिए। यसरी हेर्दा विदेश जाने तयारीमा रहेका डाक्टरको संख्या लाइसेन्स लिनेभन्दा २६८ ले बढी देखिन्छ।

काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालका अनुसार सन् २०२० यता १३ हजार १४० जनाले लाइसेन्स लिएका छन् भने ११ हजार ६८ जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि नेपाली डाक्टरहरू राम्रो सेवा सुविधा र करियर अवसरका कारण विदेशिने गरेको बताउनुभएको छ। उहाँका अनुसार अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, क्यानडा, जर्मनी र भारत प्रमुख गन्तव्य मुलुक हुन्।

तथ्याङ्कअनुसार सन् २०२० यता अमेरिकामा २ हजार ९९५, बेलायतमा २ हजार ६३७, माल्दिभ्समा २ हजार २४१, भारतमा ९१८, अस्ट्रेलियामा ८४८, यूएईमा ७२०, क्यानडामा १४८ र जर्मनीमा ९२ जना नेपाली डाक्टर गएका छन्। काउन्सिलका अनुसार डाक्टरहरू २३ वटा देशमा जाने गरेका छन्।

वर्षगत विवरणमा सन् २०२० मा ८६९, २०२१ मा १ हजार ३२७, २०२२ मा १ हजार ९५४, २०२३ मा २ हजार ३१८ र २०२४ मा २ हजार २१० जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका छन्।

त्यसैगरी सोही अवधिमा ३९ हजारभन्दा बढी चिकित्सकले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिइसकेका छन्। तर सीमित अवसर, न्यून सेवा सुविधा र करियर विकासका चुनौतीका कारण डाक्टरहरू विदेश रोज्ने क्रम निरन्तर बढिरहेको सरोकारवालाहरू बताउँछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व