Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल र भारतले सीमा क्षेत्रमा दुवै देशका नागरिकले एकअर्काको भूभागमा भोगचलन गर्दै आएका जग्गाको नापजाँच गर्ने भएका छन्। सीमा क्षेत्रमा देखिएको ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार जग्गा भोगचलनको समस्या समाधानका लागि दुवै देशबीच नापजाँच गर्ने सहमति भएको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विषय स्पष्ट पारेको थियो।

मन्त्रालयका अनुसार नेपाल–भारत सीमा निर्धारण गर्दा नदीलाई सिमानाका रूपमा मान्ने ‘निश्चित सीमा सिद्धान्त’ अपनाइएका कारण कतिपय स्थानमा नदीको बहाव परिवर्तन भएको छ। त्यसका कारण एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको छ।

दुई देशबीचको सीमा वैज्ञानिक तथा व्यवस्थित रूपमा नक्साङ्कन गर्न सीमा स्तम्भ निर्माण तथा मर्मतको काम भइरहेको छ। साथै, दशगजा क्षेत्रको अतिक्रमण हटाउने र ‘क्रस बोर्डर अकुपेसन’ भएका क्षेत्रको लगत सङ्कलनको काम पनि अघि बढाइएको छ।

प्राविधिक समितिहरूको अध्ययनअनुसार कतिपय स्थानमा नेपालले हाल उपभोग गरिरहेको जग्गा भारततर्फ र भारतले उपभोग गरिरहेको जग्गा नेपालतर्फ पर्ने अवस्था देखिएको छ। प्रधानमन्त्री शाहले संसद्मा गर्नुभएको अभिव्यक्ति पनि यही ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

भारतको लखनउमा हिजो सम्पन्न नेपाल–भारत नापी अधिकारीहरूको समिति (एसओसी) को १३औँ बैठकमा सीमापार भोगचलनमा रहेका यस्ता जग्गाको नापजाँच गर्ने सहमति भएको हो। नापी विभागका एक अधिकारीका अनुसार प्रविधिको प्रयोग गरी दुवै देशका नागरिकले एकअर्काको भूभागमा भोगचलन गर्दै आएका जग्गाको नापजाँच गरिनेछ। त्यसको प्रतिवेदन तीन वर्षभित्र दुवै सरकारलाई बुझाउने सहमति भएको छ।

तर नापजाँचमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भने समावेश नहुने बताइएको छ।

नेपाल–भारत सीमा निर्धारणमा नदी क्षेत्रलाई आधार मानिएका कारण पछिल्लो समय विभिन्न नदीले धार परिवर्तन गर्दा कतिपय स्थानमा हजारौँ हेक्टर जमिनको अवस्था परिवर्तन भएको बताइएको छ। यही कारण सीमा क्षेत्रमा दुवै देशका नागरिकबीच बेलाबेलामा विवादसमेत हुँदै आएको छ।

एसओसी र संयुक्त फिल्ड सर्वेक्षण टोलीले नदीको बहाव परिवर्तनलगायत कारणले सीमापार भोगचलनमा आएका भूमिको नापजाँच गर्नेछन्। यसबाट तयार हुने प्रतिवेदनले दुई देशबीच देखिएका सीमा व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच सीमा व्यवस्थापन तथा सीमा स्तम्भ निर्माण र मर्मतसम्भारका लागि सन् २०१४ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा ‘नेपाल–भारत नापी अधिकृतहरूको समिति’ गठन गरिएको थियो। त्यससँगै ‘बाउन्ड्री वर्किङ ग्रुप’ र ‘संयुक्त फिल्ड सर्वेक्षण टोली’ समेत गठन भएका छन्।

समितिको बैठकले बाउन्ड्री वर्किङ ग्रुपले गरेका निर्णय तथा तयार पारेका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ। बैठकमा समितिको कार्ययोजना तथा वार्षिक बजेटका विषयमा पनि सहमति जुटेको नापी विभागले जनाएको छ।

नापी विभागका अनुसार नेपाल–भारत सीमामा हालसम्म ८ हजार ५५४ वटा सीमा स्तम्भ स्थापना गरिएका छन्। तीमध्ये १ हजार ३२५ वटा सीमा स्तम्भ हराएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा
अन्तर्राष्ट्रिय राजनीति

शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा

असार १५, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे
अन्तर्राष्ट्रिय राजनीति

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता
अन्तर्राष्ट्रिय राजनीति

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतले घट्यो

भदौ २, २०८३
अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

भदौ २, २०८३
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ २, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व