काठमाडौं । बडादसैँको अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिनदेखि सुरु भएको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको पूजा–आराधना गरी दशमीका दिन देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने धार्मिक परम्परा छ। यस अवसरमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।
विजयादशमीका दिन विभिन्न कारणले टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका र जमरा लगाउने तथा आशीर्वाद लिने गर्छन्।
नेपाली समाजमा दसैँको टीका र जमरा परिवार तथा आफन्तबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउने महत्त्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा रहँदै आएको छ।










Discussion about this post