Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २, २०८३
कञ्चनपुरमा माछापालक किसानका लागि क्षमता अभिवृद्धि तालिम, पोखरीमै पुगेर प्राविधिक अवलोकन
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त, दोधराचाँदनी र वेदकोट नगरपालिकाका माछापालक किसानहरूको व्यावसायिक क्षमता विकासका लागि विशेष क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।तालिममा माछापालनका क्रममा किसानहरूले भोग्दै आएका विभिन्न प्राविधिक समस्या, चुनौती र उत्पादित माछाको बजार व्यवस्थापनका विषयमा विस्तृत छलफल र सिकाइ भएको थियो।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले किसानहरूलाई आधुनिक प्रविधिसँग जोड्दै उद्यमशीलता विकास गर्न परियोजनाले निरन्तर प्राविधिक र व्यवस्थापकीय सहयोग गरिरहने बताउनुभयो। उहाँले स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरेर माछापालक किसानले भोग्दै आएका समसामयिक समस्याहरू समाधान गर्न आफूहरू लागिपरेको उहाँले बताउनुभयो।

त्यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले कृषकहरू आर्थिक रूपमा आत्मनिर्भर र बलियो नभएसम्म समाजको समग्र आर्थिक अवस्था सुधार हुन नसक्ने बताउनुभयो। उहाँले यस्ता व्यवहारिक र सीपमूलक तालिमहरूले किसानहरूको व्यावसायिक दक्षता बढाउन, उत्पादनमा वृद्धि ल्याउन र उनीहरूको जीवनस्तर सुधार्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमको सैद्धान्तिक सिकाइ पश्चात् सहभागीहरूलाई भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाका विभिन्न व्यावसायिक माछापोखरीहरूको स्थलगत अवलोकन समेत गराइएको थियो। उक्त अवलोकन भ्रमणमा माछा विशेषज्ञको समेत सहभागिता रहेको थियो, जसले किसानहरूलाई पोखरीमै पुगेर पानीको गुणस्तर, दाना व्यवस्थापन र रोग नियन्त्रण जस्ता प्राविधिक सल्लाह र सुझावहरू दिएका थिए।

तालिममा माछापालक किसानका साथै स्थानीय स्तरमा ब्लक र गड्यौला मल निर्माणमा लागेका स्थानीय उद्यमीहरूको पनि सहभागिता रहेको थियो। सहभागी स्थानीय उद्यमीहरूले तालिमका क्रममा आफ्नो उत्पादनको बजारिकरणमा भोग्नुपरेका समस्या, उचित मूल्यको अभाव र स्थानीय बजारको चुनौती लगायतका विषयमा आफ्ना अनुभवहरू साटासाट गरेका थिए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने
Uncategorized

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व