Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि त्यसबाट नेपालले अपेक्षित आर्थिक र रणनीतिक लाभ लिन नसकेको बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँगको छलफलका क्रममा सांसद ढुंगानाले दुई देशबीच लामो समयदेखि थाती रहेका विषय समाधान गर्न प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताएका हुन्।

भारत र चीनले तीव्र आर्थिक प्रगति गरिरहँदा नेपालले त्यसबाट पर्याप्त लाभ लिन नसक्नु नीतिगत तथा कूटनीतिक कमजोरी भएको उनको भनाइ थियो। समान समयमा राजनीतिक परिवर्तनको अनुभव गरेका मुलुकहरूबीच आर्थिक विकासको अन्तर बढ्दै जानु गम्भीर विषय भएको उनले उल्लेख गरे।

सांसद ढुंगानाले हुलाकी राजमार्ग निर्माणमा भएको ढिलाइप्रति पनि प्रश्न उठाए। विसं २०४८ देखि प्राथमिकतामा रहेको उक्त आयोजना अझै पूर्ण रूपमा सम्पन्न हुन नसक्नु चिन्ताजनक रहेको बताउँदै उनले मेचीदेखि महाकालीसम्म जोड्ने रणनीतिक सडक निर्माण सम्पन्न गर्ने समयसीमा भारतसँग स्पष्ट रूपमा तय गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको साझा प्रतिवेदन भारत सरकारले अझै ग्रहण नगरेको विषयमा उनले चासो व्यक्त गरे। प्रतिवेदनलाई स्वीकार गराउन ठोस कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव थियो।

नेपाल–भारत सीमा विवाद समाधानलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै ढुंगानाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका क्षेत्रमा रहेका समस्यालाई ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा वार्तामार्फत समाधान गर्नुपर्ने बताए। यसका लागि परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो।

नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्को उचित मूल्य सुनिश्चित गर्ने तथा महाकाली सन्धिअनुसारका प्रतिबद्धता कार्यान्वयन गराउने विषयमा पनि नेपालले स्पष्ट अडान लिनुपर्ने उनले बताए।

यसैगरी, नेपाल, भारत र चीनबीच जलवायु परिवर्तन तथा हिमनदीजन्य जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रस्तावलाई व्यवहारमा उतार्नुपर्नेमा ढुंगानाले जोड दिए।

भारतका लागि प्रस्तावित राजदूत पाण्डेलाई यी विषयमा प्राथमिकताका साथ पहल गर्न सुझाव दिँदै उनले नेपाल–भारत सम्बन्धलाई थप उपलब्धिमूलक बनाउन पुराना विवाद समाधान, आर्थिक सहकार्य विस्तार र राष्ट्रिय हितको संरक्षणमा केन्द्रित कूटनीति आवश्यक रहेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर
अर्थतन्त्र

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल
फ्ल्यास हेडिङ

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’
फ्ल्यास हेडिङ

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व