काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका बाढीपहिरो प्रभावितको पुनर्निर्माण र पुनरुत्थानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटमा अल्बानिजले विपद्मा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको बताएका हुन्।
उनले प्रभावित क्षेत्र र विपन्न समुदायसम्म आवश्यक सहायता पुर्याउन नेपाल सरकारसँग सहकार्य जारी राख्ने बताए। साथै, विपद्का क्रममा बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवारप्रति पनि उनले सहानुभूति व्यक्त गरेका छन्।











Discussion about this post