Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताएका छन्। दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहँदा पनि नेपाल स्वतन्त्र र अविभाज्य रहनु नेपालको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको उनको भनाइ छ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले विकास, पूर्वाधार निर्माण र राजनीतिक स्थिरतामा कमजोरी रहे पनि नेपालको सार्वभौम कूटनीतिलाई असफलका रूपमा व्याख्या गर्न नहुने बताएका हुन्।

समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालजस्तो सानो राष्ट्रका लागि राष्ट्रिय नक्सा, झण्डा र पहिचानका विषय संवेदनशील हुने उल्लेख गरे। यस्ता विषयमा कूटनीतिक वार्ता गर्दा पर्याप्त गृहकार्य, परिपक्वता र राष्ट्रिय हितप्रतिको स्पष्ट दृष्टिकोण आवश्यक रहेको उनले बताए।

पाण्डेले बीपी कोइराला भारत–नेपाल फाउन्डेसन (बीपीकेएफ) को प्रभावकारिता बढाउनुपर्ने आवश्यकता पनि औँल्याए। नेपाल र भारतबीच सांस्कृतिक तथा बौद्धिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उक्त संयन्त्रलाई पुनर्जीवित गर्दै सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो।

विगतमा नेपाल सरकारबाट पर्याप्त बजेट विनियोजन नहुँदा फाउन्डेसनका नेपाली कार्यक्रम भारतीय पक्षका तुलनामा ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा यसको गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासको कार्यशैली, प्रशासनिक व्यवस्थापन र सेवा प्रवाहमा सुधार गर्ने योजना उनले प्रस्तुत गरे। दूतावासमा आधारभूत सूचना प्रविधिको प्रयोगसमेत प्रभावकारी हुन नसकेको उल्लेख गर्दै पाण्डेले प्रशासनिक कामलाई चुस्त, पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताए।

दूतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत उपलब्ध नहुनु दुःखद् भएको टिप्पणी गर्दै उनले अतिरिक्त बजेटबिना नै गर्न सकिने प्रशासनिक सुधार तत्काल अघि बढाउने जानकारी दिए।

आफ्नो अनुभव, ज्ञान, निष्ठा र सम्बन्ध सञ्जालको अधिकतम उपयोग गरी दूतावासको कार्यक्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले भारतसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन संस्थागत सुधार र राष्ट्रिय प्राथमिकतामा आधारित कूटनीतिक कार्ययोजनालाई प्राथमिकता दिने बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर
अर्थतन्त्र

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल
फ्ल्यास हेडिङ

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना
अर्थतन्त्र

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व