Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २९, २०८२
रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास, माघ । लोक तथा दोहोरी संगीतको यात्रामा निरन्तर संघर्ष र साधनाको कथा बोकेका गायक बेल बहादुर परियारको नयाँ सिर्जना ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक भएको छ । मङ्गलबार बर्दिबासमा आयोजित विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो औपचारिक रूपमा दर्शक–श्रोतामाझ ल्याइएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत प्रदर्शन गरिँदा उपस्थित दर्शकले गीत र दृश्यको खुलेर प्रशंसा गरेका थिए ।

गीतमा गायक बेल बहादुर परियार र गायिका प्रतिमा अर्यालको सशक्त स्वर सुन्न सकिन्छ । शब्द र संगीतमा पनि परियार स्वयंको हस्ताक्षर रहेको छ । राजिव शाहले एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेको गीतको भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय समेटिएको छ । भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारलाई पहिचान दिलाउँदै राष्ट्रियस्तरसम्म पुर्‍याउन सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले गायक परियारलाई एक प्रतिबद्ध सर्जकको रूपमा उल्लेख गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

प्रमुख अतिथि सारदा देवी थापाले परियारको लामो सांगीतिक यात्राको स्मरण गर्दै कठिन परिस्थितिमा पनि हार नमान्ने उनको स्वभावको प्रशंसा गरिन् । उनले जनवादी चेतनासँग जोडिएका गीतमार्फत समाजलाई सन्देश दिँदै आएका परियारलाई अझ व्यापक रूपमा चिनाउन मिडियाले भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

आफ्नो गीत विमोचनका क्रममा गायक परियारले रेडियो नेपालबाट सुरु भएको यात्रादेखि आजसम्मका संघर्ष, आरोह–अवरोह र साधनाका अनुभव साझा गरे । उनले स्रष्टाले सिर्जनालाई माया गर्ने दर्शक–श्रोताकै कारण आफू अझै सक्रिय रहन सकेको बताए ।

कार्यक्रममा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गरेका थिए । मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।

‘फूल खसिगो, माया बसिगो’ गीत गायक बेल बहादुर परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको लिङ्क :
https://youtu.be/EXUnaiSIqC8?si=uj3RY3q9Bs1WHRwq

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त

भदौ ४, २०८३
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

भदौ ४, २०८३
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

भदौ ४, २०८३
तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ४, २०८३
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

भदौ ४, २०८३
१३ जिल्लामा पर्यटन प्रवर्द्धन अभियान चलाउँदै हान बागमती

१३ जिल्लामा पर्यटन प्रवर्द्धन अभियान चलाउँदै हान बागमती

भदौ ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व