काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका लागि निर्धारित पहिलो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै चितवन राइनोज र लुम्बिनी लायन्सले एक–एक अंक बाँडेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार वर्षा भएपछि मैदान खेल सञ्चालन गर्न अनुपयुक्त बनेको थियो। मैदानको अवस्था सुधार हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय गरेका हुन्।
शनिबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका थियो।
यसैबीच, आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ। तर, लगातारको वर्षा र मैदानको अवस्थाका कारण उक्त खेल पनि प्रभावित हुन सक्ने सम्भावना छ।










Discussion about this post