काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबारका दुवै खेल वर्षा वा अन्य कारणले रद्द भए टिकट खरिद गरेका दर्शकले पूरा रकम फिर्ता पाउने भएका छन्।
एनपीएलको गभर्निङ काउन्सिलका सदस्य सुदीप शर्माका अनुसार आजका दुवै खेलमा एक बल पनि नखेलिएको अवस्थामा ईसेवामार्फत टिकटको शतप्रतिशत रकम फिर्ता गरिनेछ।
तर, खेल पाँच ओभरसम्म सञ्चालन भएको अवस्थामा भने टिकटको रकम फिर्ता नहुने उनले स्पष्ट पारेका छन्। आज एनपीएलमा दुईवटा खेलहरू रहेका थिए पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजले खेल्ने तालिका रहेको थियो। दोस्रो खेल साँझ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सको रहेको छ।










Discussion about this post