Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ७, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं । गायिका जुनु प्रसाईको नयाँ गीत ‘झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ।
पूर्वेली लोकलयमा आधारित गीतले आधुनिक प्रस्तुतिसँग लोकसंस्कृतिको स्वादलाई जोडेको छ। मनोरञ्जनसँगै आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गीत तथा भिडियोमा गरिएको छ।
गीतका शब्द विदुर तिमल्सिना ‘देवदूत’ का हुन् भने संगीत राज सागरले दिएका छन्। गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन्। गीतको रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो।
आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे जुनु प्रसाई भन्छिन्, “हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ। हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन।”
यही सोचलाई आफ्नो सांगीतिक यात्रामार्फत अघि बढाउँदै आएकी प्रसाईले पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिरहेकी छन्। उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो।
भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन्। भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको समेत अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअप आर्टिस्ट माही सिंहको योगदान रहेको छ।
भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेशलाई भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष थप आकर्षक देखिएको छ।
शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन्। विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ।
‘झगडा पर्यो पोइसित’मार्फत जुनुले एउटा गीत मात्र प्रस्तुत गरेकी छैनन्, आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई समेत नयाँ पुस्तासामु पुर्‍याउने प्रयास गरेकी छन्। पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले उनलाई यस क्षेत्रमा थप स्थापित गराउने अपेक्षा गर्न सकिन्छ।
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ हेर्नुहोस।
https://youtu.be/qakMfmCl-dI?si=I1St30jKATdnlUcW
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
फ्ल्यास हेडिङ

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
खेलकुद

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड
फ्ल्यास हेडिङ

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३
एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

अशोज २३, २०८३
दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

अशोज २३, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व