Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै तापक्रम घटेपछि हिमाली जिल्लाहरूमा चिसो बढ्नुका साथै जनजीवन प्रभावित बनेको छ।

मौसममा आएको परिवर्तनका कारण पूर्वी हिमालदेखि सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रसम्म हिमपात भएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्र, दिङ्बोचे, गोक्यो उपत्यका तथा मनास्लु र लाङटाङका माथिल्ला भूभागमा बाक्लो हिउँ परेको छ।

त्यस्तै, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च भूभागमा समेत हिमपात भएको छ। केही स्थानमा बाक्लो हिउँ जम्दा स्थानीयको आवतजावत तथा पर्यटकीय गतिविधिमा असर परेको छ।

सोलुखुम्बुको दिङ्बोचे क्षेत्रमा घुँडासम्म हिउँ जमेको पदयात्रीहरूले बताएका छन्। हिमपातका कारण नाम्चे बजारभन्दा माथिका पर्यटकीय क्षेत्र, सगरमाथा आधार शिविर, कालापत्थर र गोक्यो जाने पदमार्ग प्रभावित भएका छन्। कतिपय पर्यटक सुरक्षित आश्रयस्थलमा रोकिएका छन्।

मौसम प्रतिकूल बनेपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

त्यस्तै, मनाङ र मुस्ताङका प्रशासनले थोरङ ला पास, तिलिचो ताल, काङला पास र सारिबुङ पासजस्ता पाँच हजार मिटरभन्दा माथिका जोखिमपूर्ण क्षेत्रमा आगामी तीन दिन पदयात्रा नगर्न आग्रह गरेका छन्।

हिमपात, तीव्र हावा र सम्भावित हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई अनावश्यक यात्रा नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। कर्णाली र सुदूरपश्चिमका केही हिमाली जिल्लामा सडक यातायातसमेत प्रभावित भएको छ भने हुम्लाको सिमकोट क्षेत्रमा हवाई उडान स्थगित भएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
फ्ल्यास हेडिङ

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने
खेलकुद

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

कार्तिक १४, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३
एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

एक महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व