काठमाडौं : साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको हो।
बंगलादेशसँग पराजित भएसँगै नेपालको उपाधि सम्भावना सकिएको छ। बंगलादेशका लागि सौरवी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुइनुयी मर्माले १ गोल गरिन्।
पहिलो हाफको ३८ औँ मिनेटमा थुइनुयी मर्मा र ४५ औँ मिनेटमा बंगलादेशकी सौरवी अखण्ड प्रीतिले १–१ गोल प्रहार गरेपछि पहिलो हाफको इन्जुरी समयमा नेपालकी कप्तान भूमिका बुढाथोकीले १ गोल फर्काएकी थिइन्।
खेलको ७१ औँ र ८६ औँ मिनेटमा २ गोल गर्दै सौरवीले अखण्ड प्रीतिले ह्याट्रिक पूरा गरिन्। नेपालले पहिलो लेगमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो।










Discussion about this post