Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ३, २०८२
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
0
SHARES
596
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, जानकी टोल, महेन्द्रनगरमा आधुनिक सुविधासहितको मदरल्याण्ड मण्टेश्वरी विद्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। २०८१ सालमा दर्ता भएको यो विद्यालयले चालु शैक्षिक सत्र २०८२ देखि पठनपाठन सुरु गरेको छ।

शनिबार एक समारोहका बीच भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विद्यालयको भव्य उद्घाटन गरेका छन्। विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र प्रसाद जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

करोडौँको लगानीमा निर्मित विद्यालयको आधुनिक भवनमा वातानुकूलित कक्षाकोठाहरू रहेका छन्। शिशु तथा बालबालिकाको सहज पठनपाठनका लागि यी कक्षाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बालमैत्री वातावरणमा डिजाइन गरिएको छ। विद्यालयले हाल प्रारम्भिक तहका बाल विकास, नर्सरी, एलकेजी र यूकेजी सम्मका कक्षाहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेको छ। विद्यालयमा हालसम्म ७५ जना विद्यार्थी भर्ना भइसकेका छन्। विद्यार्थीहरूको आवतजावतको सुविधाका लागि विद्यालयले सुरक्षित र व्यवस्थित यातायातको व्यवस्था पनि गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदम बोगटीले मदरल्याण्ड मण्टेश्वरी विद्यालयको स्थापनाले भीमदत्त नगरपालिकाको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको बताए। उनले भने, “आज यो आधुनिक र सुविधासम्पन्न विद्यालय सञ्चालनमा आएको देख्दा मलाई अत्यन्त खुसी लागेको छ। यस क्षेत्रका बालबालिकाहरूले अब गुणस्तरीय शिक्षा आफ्नै ठाउँमा प्राप्त गर्नेछन्। नगरपालिका शिक्षा क्षेत्रको विकासका लागि सदैव प्रतिबद्ध छ र मदरल्याण्ड मण्टेश्वरी विद्यालयलाई आवश्यक सहयोग गर्न तयार छ। म विद्यालय व्यवस्थापनलाई सफलताको शुभकामना दिन चाहन्छु र अभिभावकहरूलाई आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्न यस विद्यालयमा भर्ना गर्न आग्रह गर्दछु। यो विद्यालयले पक्कै पनि कञ्चनपुरकै शैक्षिक जगतमा एक उदाहरण प्रस्तुत गर्नेछ भन्ने मेरो विश्वास छ।”

विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द भट्टले मण्टेश्वरी शिक्षा प्रणालीमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “हामीले अभिभावक र बालबालिकाको आवश्यकतालाई ध्यानमा राखेर कक्षाहरू सञ्चालन गरेका छौँ। हाम्रो मुख्य लक्ष्य भनेकै स्तरीय शिक्षा प्रदान गर्नु हो।”

विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले शिक्षाको गुणस्तर बढाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए। “हामीले आफ्नै जग्गामा आधुनिक भवन निर्माण गरी बालमैत्री कक्षाकोठाहरू सञ्चालन गर्नेछौँ,” उनले भने।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशी, भीमदत्तका नगर उपप्रमुख निलम लेखक जोशी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका सञ्चालकहरूले मदरल्याण्ड मण्टेश्वरी विद्यालयलाई कञ्चनपुर जिल्लाकै एक उत्कृष्ट मण्टेश्वरीको रूपमा स्थापित गर्ने संकल्प लिएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व