काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट प्रभावित नेपालले उठाउँदै आएको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी शासन व्यवस्था र जलवायु न्यायबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँको सचिवालयका अनुसार भण्डारीले हिमालय क्षेत्रलाई जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्नुभएको थियो।
नेपालले हालै भोगेका प्राकृतिक विपद्ले जलवायु परिवर्तनका असरलाई थप स्पष्ट पारेको उल्लेख गर्दै उहाँले यसको न्यूनीकरण तथा अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणालीको विकास र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न प्रभावित राष्ट्रलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै जलवायु न्याय सुनिश्चित गर्न विश्व समुदायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा रहेको छ।










Discussion about this post