बैतडी । बैतडीको मेलौली नगरपालिका–१ की अनिता दयाल सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार सिजन–२ को नृत्य विधातर्फ क्यामेरा राउन्डका लागि छनोट भएकी छन्।
सानिस्चर म्युजिक कम्पनी प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा दयालले आफ्नो प्रतिभाका आधारमा क्यामेरा राउन्डमा स्थान बनाउन सफल भएकी हुन्।
क्यामेरा राउन्डका लागि छनोट भएपछि दयालले आफूलाई माया, साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। उनले आगामी चरणमा पनि सबैको साथ र समर्थन पाउने विश्वास व्यक्त गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि धन्यवाद दिएकी छन्।
स्थानीय स्तरबाट प्रतिभा प्रस्तुत गर्दै प्रतियोगिताको आगामी चरणसम्म पुग्न सफल दयालको उपलब्धिले नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। उनको आगामी यात्रा सफल रहोस् भन्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गरेका छन्।










Discussion about this post