Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालको राजनीतिक परिदृश्य : विगत, वर्तमान र भविष्यको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २१, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालको राजनीतिक परिदृश्य पछिल्लो केही दशकयता अस्थिरता, विभाजन, र सत्ताको खेलमा सीमित हुँदै आएको छ। एक समय थियो, जब नेपाली जनताले कम्युनिस्ट पार्टीहरूबाट धेरै अपेक्षा राखेका थिए। विशेष गरी, दुई-तिहाइ बहुमत प्राप्त गरेको सरकारप्रति जनताको ठुलो आशा थियो। तर, ती आशाहरू बिस्तारै निराशामा परिणत भए। जनताले सुशासन, विकास, र समृद्धिको अपेक्षा राखेका थिए, तर नेताहरूको व्यक्तिगत स्वार्थ, गुटबन्दी, र सत्ता-संघर्षले ती अपेक्षालाई धोका दियो।

कम्युनिस्ट पार्टीहरू समय क्रममा फुट्ने, जुट्ने र सत्ताको समीकरणमा मात्र अल्झिरहे। जनताको हितभन्दा टाढा रही, सार्वजनिक सम्पत्ति तथा अवसरहरू आफ्ना नातागोता र आसेपासेहरूको हितमा प्रयोग गर्ने प्रवृत्तिले व्यापकता पायो। भ्रष्टाचार, अनियमितता, र कुशासनका घटनाहरू दिनानुदिन सतहमा आउँदै गए, जसले गर्दा जनतामा ती दलहरूप्रति वितृष्णा जाग्न पुग्यो।

यस्तै अवस्था नेपाली काँग्रेसको हकमा पनि देखियो। पटक-पटक सरकारको नेतृत्व लिएको काँग्रेसले पनि सुशासन कायम गर्न सकेन। भ्रष्टाचार नियन्त्रण गर्न असफल भयो, जनमुखी नीति निर्माण गर्न चुक्यो, र प्रभावकारी प्रतिपक्षको भूमिकामा समेत कमजोर रह्यो। जब कम्युनिस्ट पार्टीहरू सरकारमा असफल भइरहेका थिए, त्यति बेला काँग्रेसले सुधारको मार्ग देखाउनु पर्ने थियो। तर, सत्ताको समीकरण मिलाउने खेलमा उसले पनि आफूलाई सीमित गर्‍यो। परिणामस्वरूप, काँग्रेस पनि जनताको दृष्टिमा असफल पार्टीका रूपमा देखा पर्‍यो।

नेपालमा राजनीतिक दलहरूको प्रभाव मात्र सरकार सञ्चालनमा सीमित छैन। प्रशासनिक निकायहरू, शैक्षिक संस्था, विश्वविद्यालय, तथा अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूमा पनि ती दलहरूको गहिरो प्रभाव छ। दलीय हस्तक्षेपका कारण योग्यता, निष्पक्षता, र संस्थागत सुशासन गम्भीर रूपमा प्रभावित भइरहेको छ। दक्षता र निष्ठाका आधारमा नियुक्ति हुनुपर्ने स्थानहरूमा राजनीतिक नियुक्तिहरू हुन थालेपछि कार्यक्षमतामा ह्रास आएको छ। यसले समग्र रूपमै संस्थागत विकासलाई कमजोर बनाउँदै गएको छ।

विशेष गरी, नेपालको शिक्षा क्षेत्रमा दलीय करणको प्रभाव निकै गहिरो छ। शिक्षकहरू राजनीतिक दलहरूको नियन्त्रणमा रहेका कारण शिक्षाको गुणस्तर खस्कँदो छ। जबसम्म प्राध्यापक तथा शिक्षकहरू राजनीतिक प्रभाव त्यागेर स्वतन्त्र रूपमा आफ्नो पेसागत धर्म निर्वाह गर्न सक्दैनन्, तबसम्म शिक्षा क्षेत्र सुधार सम्भव छैन। यदि शिक्षकहरूले स्वायत्तता अपनाउँदै निष्पक्ष रूपमा शिक्षण कार्यमा संलग्न हुने आँट गर्छन् भने शिक्षा क्षेत्रको पुनर्जागरण सम्भव हुनेछ। शिक्षण पेसा नेपालकै सबैभन्दा सम्मानित, आकर्षक, र सेवा-सुविधायुक्त बनाउनको लागि यो अत्यावश्यक छ।

अब नेपालको राजनीतिमा परिवर्तन अपरिहार्य भइसकेको छ। परम्परागत दलहरू, विशेष गरी काँग्रेस र कम्युनिस्टहरू, जनताका अपेक्षाहरू पूरा गर्न असफल भइसकेका छन्। यसै कारण, नयाँ राजनीतिक शक्तिहरूको उदय हुँदै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तथा नवगठित अन्य दलहरूको उदय हुनु यसकै सङ्केत हो। यद्यपि, ती दलहरूले दीर्घकालीन रूपमा कस्तो भूमिका खेल्छन् भन्ने कुरा भविष्यले बताउनेछ। उनीहरू पनि पुरानै दलहरूझैँ स्वार्थ, भ्रष्टाचार, र सत्ताको खेलमा फस्ने हुन् कि सुशासन, पारदर्शिता, र जनहितलाई प्राथमिकता दिने हुन् भन्ने कुरा हेर्न बाँकी छ।

यसबाहेक, स्वतन्त्र उम्मेदवारहरू पनि जनताको विश्वास जित्न थालेका छन्। काठमाडौँका मेयर बालेन शाह, धरानका हर्क साम्पाङ, धनगढीका गोपी हमाल जस्ता नेताहरू स्वतन्त्र रूपमा जनताको पक्षमा काम गरेर लोकप्रिय भइरहेका छन्। जनताले परम्परागत राजनीतिक दलहरूबाट निराश भई वैकल्पिक नेतृत्वको खोजी गरिरहेका छन्।

समग्र रूपमा, नेपाली जनताले बुझ्न थालेका छन् कि जबसम्म पुराना, असक्षम, र भ्रष्ट राजनीतिक दलहरू हाबी रहन्छन्, तबसम्म नेपाल समृद्ध बन्न सक्दैन। जनताले विवेकशील निर्णय गरेर असल नेतृत्व चयन गर्ने, भ्रष्टाचारविरुद्ध लड्ने, र असक्षम दलहरूको वर्चस्व समाप्त गर्ने दिन नजिकिँदै छ।

यदि नेपाली जनता सचेत भए, विवेकपूर्ण निर्णय लिए, र नयाँ युगको राजनीति रोजे भने मात्र नेपालले सुशासन, स्थिरता, र समृद्धिको यात्रा तय गर्न सक्छ। समय आइसकेको छ कि जनताले आफ्नो राजनीतिक चेतना अभिवृद्धि गर्दै स्वार्थमा रमाएका नेताहरूलाई विस्थापित गरी राष्ट्रको उत्थानका लागि योग्य नेतृत्वलाई अघि बढाउन्।

✍️ डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व