काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आउने भएको छ। टोलीले पोखरामा गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान)–११ सँग चार अभ्यास खेल खेल्नेछ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानले गण्डकी प्रदेश र क्यान–११ सँग दुई–दुई खेल खेल्नेछ। खेलहरू पोखरा क्रिकेट मैदानमा ११, १२, १४ र १५ गते हुनेछन्।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ अक्टोबर ५ देखि १४ सम्म मलेसियामा आयोजना हुँदैछ। प्रतियोगितामा भुटानसहित सात टोलीको सहभागिता रहनेछ।










Discussion about this post